महाधिवेशन समयमा हुन्छ कि हुँदैन भन्ने बहसको तुक छैन : ज्ञानेन्द्र कार्की  « Khabarhub

महाधिवेशन समयमा हुन्छ कि हुँदैन भन्ने बहसको तुक छैन : ज्ञानेन्द्र कार्की 


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले १५ औँ महाधिवेशन समयमा हुन्छ कि हुँदैन भनेर बहस गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा उनले महाधिवेशनको मिति तोकिनुपर्ने माग गर्दै आएका नेताप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । 

‘महाधिवेशन समयमा हुन्छ कि हुँदैन भनेर बहस गर्नुको अर्थ छैन । महाधिवेशन हामीले नै गर्ने हो,’ सभापति शेरबहादुर देउवाका विश्वासवपात्रमा पर्ने नेता कार्कीले भने, ‘बाहिर मिडियामा महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न गर्नुको साँटो हामी सबैले महाधिवेशन गर्नेतर्फ लाग्नु पर्दछ ।’ 

उनले पार्टीको महाधिवेशन केवल सभापति देउवाको मात्रै जिम्मेवारी नभएको पनि जवाफ दिए । ‘महाधिवेशन गर्ने जिम्मेवारी एक जना सभापतिको मात्रै होइन, यो सिंगो कार्यसमितिकै हो,’ कार्कीले भने, ‘१४ औँ महाधिवेशनका बेला पनि सभापतिज्यूमाथि महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न उठाइने गरिन्थ्यो । तर वैधानिक समयमै महाधिवेशन गराउनुभयो ।’ 

पार्टीका १५ औँ महाधिवेशन मात्र औपचारिकताका लागि नभएर देशको भविष्यका लागि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ भन्ने सन्देश दिने गरी सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । 

‘१५ औँ महाधिवेशन केवल औपचारिकताका लागि मात्रै होइन, यो देशको भविष्य कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव छ भन्ने सन्देश दिने गरी हामीले वडा तहदेखि अधिवेशन गर्नुपर्दछ,’ कार्कीले भने, ‘सबै जातजाति भाषाभाषी र समुदायको साझा प्रतिनिधित्व हुने गरी अधिवेशनमा लाग्नुपर्दछ ।’

नेता कार्कीले अन्तर्राष्ट्रिय जगतले विश्वास गरेका देउवाबाट देशले धेरै अपेक्षा गरेको पनि जिकिर गरे । ‘देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको सभापति हुनुहुन्छ,’ उनले भने, ‘उहाँको नेतृत्वमा कांग्रेस मात्रै होइन, देशले धेरै अपेक्षा गरेको छ ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ३३ बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति