शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री « Khabarhub

शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा रासायनिक मलको अभाव नहुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार मन्त्रालयबारे ‘ब्रिफिङ’ गर्दै उनले यस्तो बताएका हुन् ।
 
कृषिमन्त्री अधिकारीले एक लाख १० हजार मल आइपुगेको पार्टीलाई जानकारी गराए । उनले शनिबारसम्ममा देशका विभिन्न स्थानमा रहेका गोदामहरूमा मल पुग्ने पनि बताए । 

‘एक लाख १० हजार टन मल आइपुगेको छ । हाम्रो ३७ स्थानमा गोदाम छ । आज धेरै ठाउँमा लोड भएर भोलिसम्ममा ती गोदामहरूमा मल पुग्दै छ,’ मन्त्री अधिकारीले भने, ‘सम्पूर्ण नेताजीहरूलाई अनुरोध गर्न चाहन्छु– मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ५४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु