कांग्रेस बैठकमा गोविन्दराज पोखरेल- कोइराला परिवारको योगदान प्रजातन्त्र प्रेमीले बिर्सिन हुदैन « Khabarhub

कांग्रेस बैठकमा गोविन्दराज पोखरेल- कोइराला परिवारको योगदान प्रजातन्त्र प्रेमीले बिर्सिन हुदैन


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रा.डा. गोविन्दराज पोखरेलले राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई झुत्रो कपडा पठाएवापत कठोर यातना झेलेको कोइराला परिवारको योगदान प्रजातन्त्रप्रेमीले बिर्सिन नहुने बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा उनले डलर अर्ब पति विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति ईंगित गर्दै कांग्रेस र प्रजातन्त्रप्रेमीले कोइराला परिवारको योगदान बिर्सिन नहुने बताएका हुन् ।   

‘चन्द्र शमशेरलाई झुत्रो कपडा पठाएर लोकतन्त्रका लागि वि.सं. १९७४ देखि चुनौती झेल्ने पिता कृष्णप्रसाद कोइराला, उनका छोरा बीपी कोइराला र उनका सन्ततिले सहन गरेका कठोर यातनाहरूले नेपालीहरूलाई रैतीबाट तिनै शक्तिशाली नागरिकमा पुर्‍याएका कुराहरूलाई नेपाली कांग्रेस र समग्र प्रजातन्त्रप्रेमीले बिर्सिनु हुँदैन,’ पोखरेलले भने । 

कृष्णप्रसाद, बीपी र उनका सन्ततिले व्यक्तिगत सम्पन्नता, आर्थिक वैभव बढाउनका लागि राजनीतिमा प्रवेश नगरेको भन्दै उनले पुस्तौँ–पुस्ता गुमाएका सबै मानसिक, भौतिक र आर्थिक सम्पत्तिको प्रतिफल पनि कोइरालाहरूले नखोजेको स्मरण गराए ।

‘नेपालमा कोइराला परिवार, गणेशमान सिंह परिवार, र महेन्द्र नारायण निधि परिवारलगायत धेरै लोकतन्त्रका लागि होमिएका परिवारहरू नेपाली कांग्रेसका लागि नेता मात्र होइन, नेपाली लोकतान्त्रिक आन्दोलनका ऐतिहासिक धरोहर पनि हुन्,’ नेता पोखरेलले भने ।  

राजनीतिमा भौतिक सम्पत्ति दानभन्दा संघर्ष, त्याग र बलिदानको मूल्य हजारौँ गुणा अमूल्य हुने पनि जिकिर गरे । ‘राजनीतिमा संघर्ष, त्याग र बलिदानको मूल्य भौतिक सम्पत्ति दानको भन्दा हजारौँ गुणा हुन्छ र अमूल्य नै हुन्छ,’ पोखरेले भने, ‘वर्तमान पार्टी सभापतिको पनि लामो राजनीतिक संघर्ष जेलनेल पछि यो स्थानमा हुनुहुन्छ ।’

दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध संघर्ष गरेका नेता नेल्सन मण्डेलाको उदाहरण दिँदै धन–सम्पत्तिले मात्रै सबै थोक नहुने पनि बैठकलाई स्मरण गराए । ‘पैसा, धन, दौलत मात्र कमाएर रंगभेदी शासन हट्ने भएको भए नेल्सन मण्डेला २७ वर्ष जेलको कालकोठरीमा बस्नु पर्ने थिएन,’ पोखरेलले भने, ‘आज हामीले पार्टीमा संघर्ष, त्याग र बलिदानको अवमुल्यन हुँदा पनि बोल्न नसक्ने भएर किन बसेका छौँ, जब कि यो हलमा अहिलेको नागरिक शासनका लागि धेरै जेलनेल खानु भएका आदरणीयहरू हुनुहुन्छ ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ०२ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा