कांग्रेस बैठकमा गोविन्दराज पोखरेल- कोइराला परिवारको योगदान प्रजातन्त्र प्रेमीले बिर्सिन हुदैन | Khabarhub Khabarhub

कांग्रेस बैठकमा गोविन्दराज पोखरेल- कोइराला परिवारको योगदान प्रजातन्त्र प्रेमीले बिर्सिन हुदैन


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रा.डा. गोविन्दराज पोखरेलले राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई झुत्रो कपडा पठाएवापत कठोर यातना झेलेको कोइराला परिवारको योगदान प्रजातन्त्रप्रेमीले बिर्सिन नहुने बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा उनले डलर अर्ब पति विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति ईंगित गर्दै कांग्रेस र प्रजातन्त्रप्रेमीले कोइराला परिवारको योगदान बिर्सिन नहुने बताएका हुन् ।   

‘चन्द्र शमशेरलाई झुत्रो कपडा पठाएर लोकतन्त्रका लागि वि.सं. १९७४ देखि चुनौती झेल्ने पिता कृष्णप्रसाद कोइराला, उनका छोरा बीपी कोइराला र उनका सन्ततिले सहन गरेका कठोर यातनाहरूले नेपालीहरूलाई रैतीबाट तिनै शक्तिशाली नागरिकमा पुर्‍याएका कुराहरूलाई नेपाली कांग्रेस र समग्र प्रजातन्त्रप्रेमीले बिर्सिनु हुँदैन,’ पोखरेलले भने । 

कृष्णप्रसाद, बीपी र उनका सन्ततिले व्यक्तिगत सम्पन्नता, आर्थिक वैभव बढाउनका लागि राजनीतिमा प्रवेश नगरेको भन्दै उनले पुस्तौँ–पुस्ता गुमाएका सबै मानसिक, भौतिक र आर्थिक सम्पत्तिको प्रतिफल पनि कोइरालाहरूले नखोजेको स्मरण गराए ।

‘नेपालमा कोइराला परिवार, गणेशमान सिंह परिवार, र महेन्द्र नारायण निधि परिवारलगायत धेरै लोकतन्त्रका लागि होमिएका परिवारहरू नेपाली कांग्रेसका लागि नेता मात्र होइन, नेपाली लोकतान्त्रिक आन्दोलनका ऐतिहासिक धरोहर पनि हुन्,’ नेता पोखरेलले भने ।  

राजनीतिमा भौतिक सम्पत्ति दानभन्दा संघर्ष, त्याग र बलिदानको मूल्य हजारौँ गुणा अमूल्य हुने पनि जिकिर गरे । ‘राजनीतिमा संघर्ष, त्याग र बलिदानको मूल्य भौतिक सम्पत्ति दानको भन्दा हजारौँ गुणा हुन्छ र अमूल्य नै हुन्छ,’ पोखरेले भने, ‘वर्तमान पार्टी सभापतिको पनि लामो राजनीतिक संघर्ष जेलनेल पछि यो स्थानमा हुनुहुन्छ ।’

दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध संघर्ष गरेका नेता नेल्सन मण्डेलाको उदाहरण दिँदै धन–सम्पत्तिले मात्रै सबै थोक नहुने पनि बैठकलाई स्मरण गराए । ‘पैसा, धन, दौलत मात्र कमाएर रंगभेदी शासन हट्ने भएको भए नेल्सन मण्डेला २७ वर्ष जेलको कालकोठरीमा बस्नु पर्ने थिएन,’ पोखरेलले भने, ‘आज हामीले पार्टीमा संघर्ष, त्याग र बलिदानको अवमुल्यन हुँदा पनि बोल्न नसक्ने भएर किन बसेका छौँ, जब कि यो हलमा अहिलेको नागरिक शासनका लागि धेरै जेलनेल खानु भएका आदरणीयहरू हुनुहुन्छ ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ०२ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि