औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’ « Khabarhub

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पूर्वअर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ स्थापना दिवस तथा २८औँ वार्षिकोत्सव समारोहका अवसरमा शुक्रबार आयोजित ‘राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग व्यवसायीका चुनौती तथा समाधान’ कार्यक्रमको उद्घाटन गर्दै उनले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

सङ्घका अध्यक्ष विनोद श्रेष्ठले युवा शक्ति बिदेसिने समस्याको समाधान रोजगार सृजना नै भएको बताए । लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभा हलको आवश्यकता रहेको उल्लेख गर्दै उनले पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा सङ्घीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए  ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले व्यावसायिक दृष्टिकोण विकासमा नेतृत्व गरेका वर्गले साना व्यवसायीको हितमा काम गर्न सुझाव व्यक्त गरे । धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकास आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दीका बाबजुद पनि सङ्घका सदस्यहरू उत्पादनमा लागिरहेकामा प्रशंसा व्यक्त गरे । सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रूपान्तरणमा सङ्घको भूमिका स्मरण गराए  ।

उनले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा गरे । पुरस्कार राशि एक लाख एक हजार रुपैयाँ रहेको छ । 
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ४१ बजे

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो