भारतीय सेनाको दाबी- ‘अपरेशन सिन्दूर’मा हामीले पाकिस्तानसहित चीन र टर्कीसँग पनि लड्नु पर्‍यो | Khabarhub Khabarhub

भारतीय सेनाको दाबी- ‘अपरेशन सिन्दूर’मा हामीले पाकिस्तानसहित चीन र टर्कीसँग पनि लड्नु पर्‍यो


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय सेनाका डेपुटी आर्मी प्रमुख (लेफ्टिनेन्ट जनरल) राहुल आर सिंहले ‘अपरेशन सिन्दूर’को पृष्ठभूमिमा भारतले तीन देशसँग युद्ध गर्नुपरेको बताएका छन् ।

उनले शुक्रबार नयाँदिल्लीमा तीन मुलुकको साझा मोर्चासँग भारत जुध्नुपरेको दाबी गरे । शुक्रबार नयाँ दिल्लीमा आयोजित एआईसीसीआईको ‘न्यू एज मिलिटरी टेक्नोलोजिज’ शीर्षकक कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् ।

‘अपरेशन सिन्दूरमा सीमा पारबाट पाकिस्तान प्रत्यक्ष रुपमा भिड्दै थियो, तर उसलाई भारतविरुद्ध चीन र टर्कीले भरपूर समर्थन गरिरहेका थिए’, उनले भने ।

उनका अनुसार चीनले पाकिस्तानलाई हतियार मात्रै नभएर भारतले प्रयोग गरिरहेका हतियार र रणनीतिहरूको लाइभ डेटा पनि उपलब्ध गराएको थियो । चीनले उक्त युद्धका क्रममा भारतलाई ‘लाइभ टेस्टिङ ल्याब’ को रूपमा हेरेको पनि उनले बताए ।

उता टर्कीले बाय्राक्टरसहित पाकिस्तानलाई ड्रोनहरू उपलब्ध गराएको दाबी उनले गरे । ती ड्रोनहरू भारतविरुद्धको युद्धमा प्रयोग गरिएको उनले खुलाएका छन् ।

अपरेशन सिन्दूर : पहलगामको जवाफ

२२ अप्रिलमा जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा २६ जना भारतीय र नेपाली पर्यटकको हत्या गरिएको थियो । यसको जवाफमा भारतले ७ मे मा पाक अधिनश्थ कश्मीर (पीओके) र पाकिस्तानभित्रका ९ चरमपन्थी ठेगानामा एयर स्ट्राइक गरेको थियो।

यस कारबाहीमा झण्डै १०० चरमपन्थीको मृत्यु भएको दाबी भारतले गरिरहेको छ । तर त्यसको स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन। गत १० मेको साँझ ५ बजे दुबै देशबीच युद्धविराम सहमति भएको थियो।

लेफ्टिनेन्ट जनरल सिंहका अनुसार उक्त अपरेशनअघि डेटा विश्लेषण र रणनीतिक छनोटको आधारमा २१ लक्ष्यमाथि आक्रमणको योजना बनाइएको थियो । जसमा ९ टार्गेट छनोट गरिएका थिए । ‘पछिल्लो क्षणमा ती ९ मा मात्रै कारबाही गर्नु उचित ठहर गरियो,’ उनले भने।

उनले यो संघर्षबाट आधुनिक युद्धको कठिनाई र जटिलता उजागर भएको पनि बताए । ‘अब हामीले एयर डिफेन्स, काउन्टर रकेट-आर्टिलरी-ड्रोन प्रणाली जस्ता प्रविधिमा तीव्र गतिमा सुधार ल्याउनु आवश्यक छ’, उनले भने ।

उनले इजरायलको ‘आयरन डोम’ प्रणालीको उदाहरण दिँदै भने, ‘भारत विशाल देश भएकाले यस्तो प्रणाली निर्माण महँगो र चुनौतीपूर्ण हुन्छ। तर अब हामीले सुरक्षा पूर्वाधारमा लगानी बढाउनु जरूरी छ।’

पाकिस्तानी उत्साहको स्रोत चिनियाँ हतियार

भारतले गरेको आक्रमणपछि तीव्र र कडा जवाफ दिने पाकिस्तानको आत्मबलपछाडि चीन रहेको उनले बताए । पाकिस्तानी सेना प्रमुख आसिम मुनीरले १ मेमा टिल्ला फायरिङ रेन्जमा भारतको प्रतिकार गर्ने चेतावनी दिएका थिए।

सूचना मन्त्री अताउल्लाह तारारले पनि ‘भारत कुनै ठूलो कारबाहीको तयारीमा छ’ भन्दै जवाफको तयारीमा रहेको बताएका थिए।

विश्लेषकहरूले यसबारे प्रश्न गरेर सोधेका थिए, ‘पाकिस्तान यस्तो दम्भ कहाँबाट ल्याउँछ ?’ भारतीय सेनाले यसबारे जवाफ दिँदै भनेको छ- चीनले दिएको आधुनिक हतियार प्रणालीले ।’ अब भारतले पनि यसको सामना गर्न आधुनिक प्रविधिमा छिटो गतिमा लगानी गर्नुपर्ने देखिएको सिंहले बताए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ५७ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा