काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध | Khabarhub Khabarhub

काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट संघीय राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार शनिबार बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी काठमाडौं भित्रिने र काठमाडौंबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।

जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट काठमाडौंतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : १३ बजे

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास

एजेन्सी – हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोकेका विभिन्न

गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई

डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्य गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल