दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने | Khabarhub Khabarhub

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार स्वरूप दिने भएको छ ।

कोरियाले प्लास्टिकका बोतलहरू (विशेषगरी पानीको बोतल, जुसको बोतल) हरुलाई व्यवस्थापन गर्ने नेपाली ३० लाख रुपियाँका २ वटा मेसिनहरू उपहार स्वरूप प्रदान गर्ने भएको हो । 

कोरिया फेसन डिजाइन व्यावसायिक तालिम केन्द्र तथा कोरिया रोजगार सहयोग केन्द्र अन्तर्राष्ट्रिय अध्यक्ष, प्रतिष्ठित प्राध्यापक योसेप काङ र सियोल जाङसिन विश्वविद्यालय विदेशी सहयोग एजेन्सीका प्रोफेसर सुङसुक चोले  सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्लास्टिक रिसाइक्लिंगले प्रदूषण कम गर्न र स्रोतहरूको संरक्षण गर्न मद्दत गर्ने, प्लास्टिकलाई फ्याँक्नुको सट्टा पुन: प्रयोग गरेर पैसा बचत गर्न सकिने, पुनर्चक्रणले बालबालिकालाई वातावरण संरक्षणको महत्त्व सिकाउन सहयोग पुग्ने बताइएको छ ।

यस्तै कार्यक्रममा प्रतिष्ठित प्राध्यापक काङ र सियोल जाङसिन विश्वविद्यालयका प्रोफेसर चोले कागेश्वरी मनोहरा नगरपालिकाले सिफारिस गरेको खण्डमा नेपाली विद्यार्थीहरूलाई आफूहरूको विश्वविद्यालयमा छात्रवृत्तिमा पढाउने बताए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १ : ४१ बजे

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर