भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट « Khabarhub

भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा  लोकतन्त्रको बदनाम भएको बताएका छन् ।

शनिबार आयोजित उदयपुर उद्योग वाणिज्य सङ्घको तेस्रो जिल्ला आधिवेशन उद्‌घाटन कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गनुपर्ने बेला तलदेखि माथिसम्म राजनीतिक दल र नेता भ्रष्टाचारमा जोडिनु दुःखद भएको धारणा राखे। 

‘यो लोकतन्त्रको सबैभन्दा दुःखद् पक्ष हो । देशमा कामभन्दा बढी भाषण र आफ्नो स्वार्थ पूर्तिमा मात्र ध्यान दिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बदनाम भइरहेको छ’, सभामुख बिष्टले भने,’देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्यावश्यक उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने अवस्था छ । यसले जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सचेत हुन आवश्यक छ ।’

देशलाई समृद्ध बनाउन उत्पादन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने दुई वटा मात्र विकल्प रहेको उनको धारणा थियो । 

कार्यक्रममा सङ्घका अध्यक्ष चुडामणि कार्की, जिल्लास्थित  राजनीतिक दलका नेतालगायतले आफ्नो धारणा राखेका थिए ।  
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै