भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट « Khabarhub

भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा  लोकतन्त्रको बदनाम भएको बताएका छन् ।

शनिबार आयोजित उदयपुर उद्योग वाणिज्य सङ्घको तेस्रो जिल्ला आधिवेशन उद्‌घाटन कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गनुपर्ने बेला तलदेखि माथिसम्म राजनीतिक दल र नेता भ्रष्टाचारमा जोडिनु दुःखद भएको धारणा राखे। 

‘यो लोकतन्त्रको सबैभन्दा दुःखद् पक्ष हो । देशमा कामभन्दा बढी भाषण र आफ्नो स्वार्थ पूर्तिमा मात्र ध्यान दिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बदनाम भइरहेको छ’, सभामुख बिष्टले भने,’देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्यावश्यक उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने अवस्था छ । यसले जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सचेत हुन आवश्यक छ ।’

देशलाई समृद्ध बनाउन उत्पादन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने दुई वटा मात्र विकल्प रहेको उनको धारणा थियो । 

कार्यक्रममा सङ्घका अध्यक्ष चुडामणि कार्की, जिल्लास्थित  राजनीतिक दलका नेतालगायतले आफ्नो धारणा राखेका थिए ।  
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ५८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग