नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता | Khabarhub Khabarhub

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको खेलमा उज्बेकिस्तानसँग नेपाल २–० पछाडि परेको छ ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल गरेको हो । त्यस्तै खेलकाे ११ औं मिनेटमा उज्बेकिस्तानले दाेस्राे गाेल थप्याे ।

आजको खेलमा जित हात पार्ने टोली एसिया कप २०२६ का लागि छनोट हुने छ ।

आजको खेलमा नेपालले श्रीलंकाविरुद्धको अघिल्लो खेलमा मैदान उत्रिएको टोलीमा एक मात्र परिवर्तन गरेको छ। प्रीति राईको स्थानमा मिडफिल्डर पूजा रानालाई अवसर दिइएको छ ।

नेपालको गोलपोस्टको जिम्मेवारी अन्जना रानामगरले सम्हालेकी छिन् । रक्षा पंक्तिमा समीक्षा घिमिरे, गीता राना र निशा थोकर रहेका छन्।

मिडफिल्डमा पूजा रानासँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत खेलेका छन् ।

आक्रमणको अग्रपंक्तिमा भने अनुभवी स्ट्राइकर साबित्रा भण्डारीलाई रश्मी घिसिङले साथ दिएकी छन्।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : २६ बजे

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९