उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल | Khabarhub Khabarhub

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपालले एक गोल फर्काएको छ । खेलको सुरुवातमै दुई गोल खाएको नेपालले २५ औं मिनेटमा एक गोल फर्काएको हो ।

कप्तान सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी छन् ।

यसअघि खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल गरेको हो । त्यस्तै खेलको ११ औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल थप्यो ।

आजको खेलमा जित हात पार्ने टोली एसिया कप २०२६ का लागि छनोट हुने छ । आजको खेलमा नेपालले श्रीलंकाविरुद्धको अघिल्लो खेलमा मैदान उत्रिएको टोलीमा एक मात्र परिवर्तन गरेको छ। प्रीति राईको स्थानमा मिडफिल्डर पूजा रानालाई अवसर दिइएको छ ।

नेपालको गोलपोस्टको जिम्मेवारी अन्जना रानामगरले सम्हालेकी छिन् । रक्षा पंक्तिमा समीक्षा घिमिरे, गीता राना र निशा थोकर रहेका छन्।

मिडफिल्डमा पूजा रानासँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत खेलेका छन् । आक्रमणको अग्रपंक्तिमा भने अनुभवी स्ट्राइकर साबित्रा भण्डारीलाई रश्मी घिसिङले साथ दिएकी छन्।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : ४९ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध