सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती « Khabarhub

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ ।

देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ ।

उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले चार लाख र सामुदायिक वन समूहले एक लाख १० हजार रुपैयाँ लगानी गरेको समूहका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।

सोही वडाको चक्रवर्ती सामुदायिक वन समूहले चार हजार र रानीवन समूहले एक हजार सर्पगन्धाको बिरुवा रोपेका छन् ।

पहिला काठजन्य बिरुवा रोप्ने सामुदायिक वनमा अहिले भने महत्त्वपूर्ण तथा दुर्लभ वनस्पतिका रूपमा लिइने सर्पगन्धाको बिरुवा रोप्न थालिएको हो । देवघाट–५ कै कालिका सामुदायिक वन तथा वडा नम्बर १ को सुनझाँक्री सामुदायिक वनले भने आफैँ उम्रिएको सर्पगन्धाको संरक्षण गर्न थालेको छ ।

सर्पगन्धाको महत्व र उपयोगिता बुझेर नै व्यावसायिक खेती गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अधिकारीले बताए । सामुदायिक वनको आम्दानी बढाउन पनि उक्त खेती गरिएको उनको भनाइ छ ।

चक्रवर्ती सामुदायिक वन समूहका अध्यक्ष टुकनाथ अधिकारीले वनमा बढेको झाडी फाँडेर बहुमूल्य जडीबुटीका रूपमा रहेको सर्पगन्धाको खेती गरिएको बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले आम्दानीको विभिन्न स्रोत खोज्नुपर्ने बताए ।

सबडिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समूहका उपभोक्तालाई सर्पगन्धाको महत्वको बारेमा जानकारी गराएपछि यसको व्यावसायिक खेती गर्न सम्भव रहेको उल्लेख गरे । उनले भने, ‘यसअघि धेरैले झाडी ठानेर यसलाई मास्ने गरेका थिए । सर्पगन्धाको महत्व र उपयोगिताका बारेमा जानकारी गराएपछि सामुदायिक वनहरूले अहिले व्यावसायिक खेती गर्न थालेका छन् ।’

सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगीजस्ता रोगहरूमा समेत उपयोगी भएकाले हानिरहित प्राकृतिक औषधिका रूपमा यसलाई प्रयोग गरिने उनको भनाइ छ ।

देवघाटमा पहिलोपटक व्यावसायिक खेती गरिएको हुँदा जनकपुर र सर्लाहीबाट प्रतिबिरुवा ५० रुपैयाँका दरले खरिद गरिएको भट्टले बताए ।

सरकारले आर्थिक समृद्धिका लागि प्राथमिकता राखेका ३० प्रकारका जडीबुटीमध्ये सर्पगन्धा एक हो । यसको निकासी भन्सार दर नै प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । यसको राम्रो संरक्षण गर्नसके दुई वर्षपछि देवघाटका सामुदायिक वनले सर्पगन्धाको जरा बिक्रीबाट मात्र वार्षिक लाखौँ रुपैयाँ आम्दानी लिनसक्ने बताइएको छ । (रासस)

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ५५ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति