घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित « Khabarhub

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकेकी थिइनन् । यस्तो अवस्थामा उनले आफ्ना सन्तानको समेत नागरिकता बनाउन पाएकी थिइनन् । तर, जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि कुमारीमा खुसीको सीमा नै छैन ।

पर्साको विकट तथा ग्रामीण भेग शिकारीबासकी पुनियाले मात्र नभएर आवश्यक कागजात पुगेका ठोरी गाउँपालिका– ३ शिकारीबासका अन्य आठ जनाले आफ्नै घरदैलोमा नागरिकता प्राप्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विकट ग्रामीण भेगका जनतालाई घरदैलोमा सेवा प्रवाह गर्न शिकारीबासमा एकीकृत सेवा सञ्चालन कार्यक्रमअन्तर्गत नागरिकता वितरण गरिएको जानकारी दिए ।

‘इलाका प्रशासन कार्यालय सुपौली र जिल्ला प्रशासन कार्यालय वीरगञ्ज धाउन नसक्नेलाई गाउँघरमै नागरिकता वितरण गरेका छौँ’, उनले भने । प्रशासन कार्यालयसम्म धाउन नसक्ने सर्वसाधारणलाई घरदैलोमै सेवा गर्ने कार्य प्रशासनले थालेको प्रजिअ अर्यालले बताए ।

जिल्ला प्रशासनकै अगुवाइमा शनिबार शिकारीबासमा जनता आवास कार्यक्रमअन्तर्गत स्थानीय पाँच जनासँग आवास निर्माणको सम्झौता पनि भएको छ ।

पूर्वाधार विकास कार्यालय वीरगञ्जको अगुवाइमा प्रतिघर तीन लाख ७२ हजारको लागतमा घर निर्माणको कार्य शुभारम्भ गरिएको छ ।

शिकारीबासमा घरविहीन भएका पाँच परिवारका लागि आवास निर्माणको प्रबन्ध मिलाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु रायले जानकारी दिए । यसले आवासविहीन परिवारलाई राहत मिल्ने छ ।

नारायणी अस्पताल वीरगञ्ज, स्वास्थ्य कार्यालय वीरगञ्ज, रुगटाँ वेलफेयर सोसाइटी, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, सूर्या हस्पिटल, इम्प्याक्ट्र नेपाल रुगटाँ वेलफेयर नाक कान उपचार केन्द्रलगायतको साझेदारीमा शनिबार नै शिकारीबासमा बृहत स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा एक सय ५० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।

त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका योजना प्रमुख तथा इञ्जिनियर राकेश साहले शनिबार नै ठोरीको शिकारीबासमा नदी कटान क्षेत्रमा करिव १० लाख रुपैयाँको लागतमा नदी तटबन्धसहितको तारजालीको व्यवस्था गर्न लागेको जानकारी दिए ।

उद्योग विभाग मधेस प्रदेशका महानिर्देशक सुशीलकुमार साहले कार्यालयले आगामी आवमा उद्यमशीतलताको विकास गर्न आवश्यक पर्ने तालिमको प्रबन्ध गर्न लागेको बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सदैव सहज र सुलभ सेवा प्रदान गर्न आवश्यक सहजीकरण गर्दै आएको बताए ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एकीकृत शिविर सञ्चालन गरेर जनतालाई सहज सेवा उपलब्ध गराउने सराहनीय कार्य गरेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन साह सोनारले जनतालाई घरदैलोमा सेवा प्रवाह गरेर प्रशासन कार्यालयले गतिलो उदाहरण पेस गरेको बताए । (रासस)

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : १६ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी