प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट | Khabarhub Khabarhub

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार)को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको बताएका हुन् ।

‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यस वेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु स्वभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठक बाहिर केन्द्रीय कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने।

विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनु पर्ने उनको धारणा छ। यसले नेपालको शिक्षाप्रति सरकार उदासीन रहेको सन्देश जान सक्ने उनले औंल्याए । विद्यालय शिक्षा ऐन लामो समय देखि बहसमा छ, १५ असार भित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिबद्धता पुरा भएको छै।सरकार र संसद्ले कानुन बनाउने काममा खासै सफता हात पार्न सकेको छैन ।यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्ने महरको भनाइ छ।

‘त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो होइन। प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ ,प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ। परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डर अनुसार नै अगाडि बढाउनुपर्छ,’ उनले भने ।

त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ। प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि फेरी प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो ।

त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो। सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्यसमेत काठमाडौं आइसकेका थिए ।

प्रधानमन्त्री ओली भने त्रिविको सिनेट बैठक स्थगित गरेर आइतबार पुल उद्घाटन गर्न हुम्ला जाने भएका छन्। यसले त्रिविका सबै कार्यक्रम प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ११ : ५० बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन