सोटो नेपालको अध्यक्षमा शाही चयन « Khabarhub

सोटो नेपालको अध्यक्षमा शाही चयन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन भएको छ । फरवेस्ट ट्राभल एण्ड टुर्सका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मान बहादुर शाहीको अध्यक्षतामा सोटो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारा बोकेको सोटो नेपालको शनिबार काठमाडौंमा आयोजित साधारणसभाबाट शाही नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत, द्वितीय उपाध्यक्ष माधव कँडेल, महासचिव कुमार पराजुली, सचिव कमल बहादुर मगर, कोषाध्यक्ष मधुसुदन नेपाल, सह–कोषाध्यक्ष आनन्द कुमार क्षेत्री रहेका छन् ।

यस्तै, कार्यसमिति सदस्यहरूमा बिन्दु प्रधान, ओम जोशी, दासुराम गौतम, अनिशा ज्ञवाली, सुवोध धिताल, प्रेमकुमार दनुवार र सुजीत यादव चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले सोटो नेपालको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले पर्यटन क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयास, पारदर्शी सदस्य छनोट प्रक्रिया, सरकार र सरोकारवालासँगको सहकार्य र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याए । उनले पर्यटन व्यवसायीले भोगिरहेका झन्झटबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत व्यक्तिहरुलाई‌ सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ०२ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले