कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस् « Khabarhub

कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस्


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमाले सचिव रघुवीर महासेठबीच वाकयुद्ध शुरु भएको छ ।

कांग्रेस नेता निधिले शनिबार पत्रकार सम्मेलन गरी महासेठको नाम नलिई एमालेले गठबन्धनको न्यूनतम मूल्यमान्यता पनि पालना नगरेको र राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा अवरोध सिर्जना गरेको आरोप लगाएपछि त्यसको प्रतिवाद महासेठले पनि पत्रकार सम्मेलन मार्फत गरेका छन् ।

महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणको अवरोधक आफूहरू नभएको दाबी गरे । उनले विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा आफूहरूले अवरोध गरेको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लगाएको आरोपमा सत्यता नरहेको दाबी गरे । उनले जनतामा भ्रम फैलाएर चुनाव लड्नकै लागि खुरापाती नगर्न निधिलाई सुझाव दिए ।

धनुषा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता महासेठले, ‘उहाँ समानुपातिक सांसद हुनु हुन्छ चुनाव नै लड्नु छ भने जनतालाई भ्रमित गर्नु हुँदैन । अहिलेदेखि नै खुरापाती गर्नु हुँदैन ।’

निधिमाथि नै आरोप लगाउँदै महासेठले अर्को प्रसङ्गमा गठबन्धन घटककै एक दुई जना समानुपातिक सांसदले गठबन्धन तोड्ने खेलमा लागेको आरोप लगाए ।

महासेठले कांग्रेस–एमालेको नेतृत्वमा सरकार बनेदेखि नै गठबन्धन तोड्ने प्रयास भइरहेको र त्यसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दै आइरहेको बताए । 

उनले प्रचण्डको यो प्रयासमा रास्वपा लगायतका विपक्षी दल, केही स्वतन्त्र सांसद र एक दुई जना गठबन्धन घटककै सांसदहरूले साथ दिइरहेको आरोप लगाए ।

वर्तमान गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही सांसदहरू हुनु हुन्छ, कांग्रेस नेता निधिको नाम नलिई महासेठले भने ‘विदेशी शक्तिको इशारामा मधेसकै एक दुई जना समानुपातिक सांसद गठबन्धनको विरोधमा काम गर्दै आइरहेका छन् ।’ राजनीतिमा जे पनि सम्भव हुने भए पनि वर्तमान गठबन्धन पछिल्ला गठबन्धनहरूभन्दा राम्रो काम गरिरहेको महासेठको भनाई थियो ।

एक अर्को प्रसङ्गमा महासेठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तर्विरोध नभएको दाबी गरेका छन् ।

यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए । 

नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीमा अन्तर्विरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्व राष्ट्रपति बिच कुनै अन्तर्विरोध छैन ।’

भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा गरेको तर कसरी अघि बढ्ने भन्ने केही कुरा नगरेको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।’

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ४० बजे

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व