तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै | Khabarhub Khabarhub

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अमरगढी– विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन् ।

यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ । 

अमरगढी नगरपालिका–६ छचोडाका लक्ष्मी टमाटाको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँस्वरुप र शैलीमा फरक किसिमको बनाउने गरिन्थ्यो । आजभोलि कारोबार सुनसान बनेको उनले बताइन् ।

आफूलाई धातुका र तामाका आकर्षक भाँडाकुँडा बनाउने सीप भए पनि यसले बजार नपाउँदा नासिँने अवस्थामा पुगेको टमाटाको गुनासो छ । बजारमा नयाँ तथा आकर्षक भाँडाले कब्जा जमाएसँगै तामा र फलामबाट बनेका भाँडाकुँडाले बजार पाउन नसकेको उनले उल्लेख गरिन् ।

‘यो क्षेत्रमा अधिकांशले तामाका भाँडा बनाएर जीविकोपार्जन गर्दथे, यतिखेर स्टिल र प्लास्टिकका भाँडाको प्रयोगले व्यवसाय लोप हुँदै गएको छ’, टमाटाले भनिन् ।

आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामग्रीको उपयोग कम हुँदै जानुलगायत कारणले गर्दा विस्थापित हुन पुगेको उनको भनाइ छ । 

स्थानीय प्रविधिको उपयोग गरी निर्मित अमखोरा, तमौरा, गाग्री, मानालगायत वस्तु अहिले लोप हुँदै गएका पुराना आरन व्यवसायी तेजबहादुर ताम्राकारले बताए ।

डडेल्धुराको अमरगढी नगरपालिकाका छचोडा, कोटेली, पोखरा आलितालको डोला, गाङखेत, हर्तकालगायत २५ भन्दा बढी ठाउँका आरन व्यवसायीले यही पेसाबाट दैनिकी चलाउने गरेको बताएका छन् । पछिल्लो समय कारोबार घट्दै गएपछि व्यवसाय हराउने जोखिम बढ्नुका साथै विदेश जाने युवाको सङ्ख्या पनि बढ्दै गएको ताम्राकारले बताए  ।

घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन सरोकार भएका निकाय तथा स्थानीय सरकारबाट पहल नभएको उनले गुनासो गरे । 

जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने सम्भावना भए पनि कुनै निकायले संरक्षणका लागि पहल नगर्नु चिन्ताको विषय भएको आरन व्यवसायीको भनाइ छ । रासस
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ४९ बजे

युवाको उमेर अब १८-३५ वर्ष कायम हुने

काठमाडौं– युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने

फिल्म ‘नो एन्ट्री २’ मा पुराना कलाकार नदोहोरिने 

काठमाडौं – निर्देशक अनिष बज्मीले आफ्नो सुपरहिट फिल्म ‘नो एन्ट्री’ को

सामुदायिक वन : ग्रामीण विकासका आधार

अर्घाखाँची– जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो 

काठमाडौं– मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)