बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास « Khabarhub

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको छ ।

नगरपालिकाले विपन्न नागरिक औषधोपचार सेवादेखि विद्यालयमा लागुऔषधसम्बन्धी सचेतना र प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो वर्ष नगरपालिकाले ११ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन स्वास्थ्यक्षेत्रमा गरेको थियो ।

विपन्न नागरिक औषधोपचार सेवामार्फत् नगरका १ सय ७६ जना विपन्न बिरामीले १ लाख रुपैयाँ बराबरको उपचार सेवा पाएका छन् । चालु आर्थिक वर्षमा ८० जना क्यान्सरका बिरामीले उक्त सेवा लिएका छन् ।

त्यस्तै मुटुरोगका बिरामी २३ जना, मिर्गौलाका ३६ जना, स्पाइनल एञ्जुरीका तीन जना र एक जना हेडइञ्जुरीको बिरामीले उक्त सेवा लिएको नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले जानकारी दिए ।

स्वास्थ्य शाखाका अनुसार क्यान्सर, पक्षघात, मेरुदण्डलगायत घातक रोगका बिरामीले उपचार खर्चबापत् पाउने मासिक ५ हजार रुपैयाँ पनि वडाको सिफारिसका आधारमा प्राप्त गर्दै आएका छन् ।

कुष्ठ र क्षयरोगमा उल्लेखनीय काम

नगरको स्वास्थ्य शाखाले कुष्ठरोग, क्षयरोगलगायत सरुवा रोग तथा नसर्ने रोग नियन्त्रणका लागि कार्यक्रम गर्दै आएको छ ।

स्वास्थ्य शाखाकी क्षयरोग कार्यक्रम संयोजक प्रतिभा रेग्मीका अनुसार एकपटक क्षयरोग मुक्त पालिका घोषणा भइसकेको बुढानीलकण्ठमा गत वर्ष ६ सय जनाको स्वास्थ्य परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको थियो ।

यस वर्ष फेरि शङ्का लागेका ७ सय ३२ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि क्षयरोग नभएको संयोजक रेग्मीले बताइन् ।

रेग्मीका अनुसार नगरपालिकाले विभिन्न संस्थाको सहयोगमा झण्डै १ सय बढी कुष्ठरोगी तथा उनीहरूको परिवारलाई आश्रय दिएको छ । उनीहरूको उचित उपचार तथा सरसफाइ र पौष्टिक आहारको समेत व्यवस्था भइरहेको संयोजक रेग्मीले बताइन् ।

विद्यार्थी र शिक्षकलाई जनचेतना तालिम

नगरमा १९ वटा सामुदायिक विद्यालय छन् । झण्डै २ सय निजी विद्यालय । सबै सामुदायिक विद्यालय र केही निजी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि चेतनामूलक कार्यक्रम गर्ने गरिएको जनस्वास्थ्य अधिकृत उपमा दाहालले बताइन् ।

उनका अनुसार लागुऔषधबारे शिक्षकलाई प्रशिक्षणसँगै सचेत गराइएको छ । विद्यार्थीको चेतना वृद्धिका लागि डेंगीबारे हप्तामा एउटा कक्षा राखिएको छ । जसअन्तर्गत हरेक शनिबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

त्यस्तै मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला नेतृत्वको टोलीद्वारा हरेक विद्यालयमा विद्यार्थीको मुटुरोगसम्बन्धी परीक्षण गरिएको अधिकृत दाहालले जानकारी दिइन् । विद्यार्थीमा नाक, कान, घाँटीसम्बन्धी रोगको परीक्षणसमेत गरिएको छ ।

आ.व. २०८२–८३ मा स्वास्थ्य क्षेत्रका लागि १२ करोड बढी

नगरले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि स्वास्थ्य क्षेत्रमा १२ करोड ८५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ ।

सुशासनमा जोड

बुढानीलकण्ठले सुशासन, प्रशासन र सेवा प्रवाहलाई केन्द्रबिन्दु बनाएर काम गरिहरेको जनाएको छ ।

जनताको सहज पहुँच र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरवासीको आवश्यकता पूरा गर्न स्थानीय सरकारको बलियो उपस्थिति छ । १० वटा महाशाखा रहेको नगरपालिकामा २९ शाखा छन् ।

१३ वटा वडा कार्यालय रहेको नगरपालिकाका सवै वडामा स्वास्थ्य संस्था सञ्चालित छन् । शिक्षा, कृषि, खेलकुद क्षेत्रमा राम्रो काम गर्दै आएइरहेको नगरपालिकाले विगत ३ वर्षदेखि संघीय सरकारको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीअनुसार राम्रो अंक प्राप्त गरिरहेको छ ।

जस अन्तर्गत आर्थिक वर्ष २०७८-०७९ मा नगरपालिकाले ८० दशमलव २५ प्रतिशत अंक प्राप्त गरेको थियो भने आर्थिक वर्ष २०७९÷०८० मा ८३ प्रतिशत अंक प्राप्त गरेको थियो यो अंक बर्सेनि बढ्दै गइरहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गरिरहेको नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०८ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण