‘माग्ने राजा’का निर्देशक र निर्मातासँग केदारको असन्तुष्टि, भन्छन्- ६१ लाख पारिश्रमिक प्रचारको फन्डा « Khabarhub

‘माग्ने राजा’का निर्देशक र निर्मातासँग केदारको असन्तुष्टि, भन्छन्- ६१ लाख पारिश्रमिक प्रचारको फन्डा


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ले फिल्म ‘माग्ने राजा’मा आफूलाई ६१ लाख पारिश्रमिक दिएको निर्माताको दाबी झुटो भएको स्पष्टीकरण दिएका छन् ।

ललितपुरको पुलचोकमा आइतबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड’को पत्रकार सम्मेलनमा उपस्थित केदारले सञ्चारकर्मी समक्ष पारिश्रमिकको दाबी निर्माताले चलाएको बेकारको फन्डा मात्रै रहेको बताए ।

उनले ६१ लाख पारिश्रमिक आफूलाई दिएको पुष्टि गर्ने व्यक्तिलाई उक्त बराबरकै रकम दिने घोषणा गरे ।

केदार फिल्मका निर्देशक ऋषि लामिछाने, निर्माता मुनाल घिमिरे र लेखक सामिप्यराज तिमल्सेनासँग पनि असन्तुष्ट देखिए ।

निर्माता घिमिरेले पारिश्रमिकभन्दा बढी बढाएर बोल्ने गरेकाले आफू नैतिक संकटमा परेको उनको आशय छ ।

निर्देशक लामिछानेले पारिश्रमिककै विषयमा पत्रकारसँग ‘नक्कली विवाद’ गरेको उनको सुनाए । उनले भने, ‘पत्रकारसँग त उहाँले चर्काचर्की नै गर्नुभयो । एक जना सिनियर पत्रकारसँग त झगडै पर्ला जस्तो भयो । किन यस्तो भन्दा उहाँले भन्नुहुन्छ- पत्रकार हाम्रो पुरानो मित्र हो । केही हुँदैन । फिल्मको हाइप बढ्छ ।’

फिल्मको प्रस्ताव लिएर आउने लेखक तिमल्सेनाले ‘कलाकारलाई ठूलो पारिश्रमिक’ शीर्षकमा लेख प्रकाशन गरेकामा उनी असन्तुष्ट छन् ।

केदार भन्छन्, ‘सामिप्य सरबाटै मलाई प्रस्ताव आएको हो । उहाँले मलाई नै सोचेर फिल्म लेखेको भन्नुहुन्थ्यो । फरि उहाँ नै कलाकारलाई बढी पारिश्रमिक भयो भनेर लेख छाप्नुहुन्छ । किन यस्तो भनेर प्रश्न गर्दा, पत्रकारितामा मेरो धर्म हो भन्नुहुन्छ ।’

निर्माण टिमबाट आफूलाई व्यक्तिगतरुपमा असर परेको केदारलाई महसुस भएको छ । यो टिमको पारिश्रमिक फन्डाले आफ्नो व्यवसायिक कलाकारिता संकटमा पर्ने हो कि भन्ने चिन्ता उनीमा छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : २९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको