दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै « Khabarhub

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् ।

गत बर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उनी राज्य विद्रोहको अभियोगमा अदालतमा उपस्थि भएका छन् र सैनिक कानुन (मार्शल ल) घोषणाको अनुसन्धान गरिरहेका एक विशेष वकिलले उनलाई सोधपुछ गरेका छन् ।

‘आज विशेष वकिलले सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा पूर्व राष्ट्रपति युन सुक योेललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पुर्‍याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्,’ विशेष वकिलमध्येका एक सदस्य (अभियोजक) पार्क जी–योङले सञ्चारकर्मीसँग भने । 

पार्कका अनुसार युनमाथि सैनिक शासनको घोषणालाई लिएर ‘आधिकारिक कागजातमा मिथ्याकरण गरेको’ आरोप पनि लगाइएको छ ।

पार्कले भने, ‘पक्राउ पूर्जीमा पूर्व राष्ट्रपति युनलाई किन हिरासतमा राख्नु आवश्यक छ भन्ने उल्लेख गरिएको छ, तर म यहाँ विस्तृत विवरण दिन सक्दिनँ ।’
 
अभिआयोजकहरूले गत जनवरीमा पक्राउ प्रयास असफल हुँदा युनले गरेको प्रतिरोधका साथै उनले सैन्य कानुन घोषणा गर्नुको औचित्यका रूपमा ड्रोनलाई प्योङयाङ उड्न अनुमति दिएको आरोपबारे शनिबार प्रश्न उठाएको थियो ।
 
युनको कानुनी टोलीले उक्त पक्राउ पूर्जी ’अत्यधिक र अवाञ्छित’ भन्दै आलोचना गरेको छ ।
 
उनको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले आरोपको पूर्ण रूपमा खण्डन गरेका छौँ र कानूनको रूपमा कुनै पनि अपराध स्थापित गर्न सकिँदैन भन्ने प्रमाणित गरेका छौँ ।’

‘विशेष वकिलले अनुसन्धानका क्रममा कुनै वस्तुगत प्रमाण प्रस्तुत गर्न सकेनन् र साक्षीको बयानका आधारमा पनि आरोप टिक्न सक्दैन,’ उनीहरूले भने ।

गत हप्ता, अदालतले विशेष वकीलले ‘यूनले सुरुमा सोधपुछको लागि उपस्थित हुन इन्कार गरेको तर उनले आवश्यक भएमा भविष्यमा उपस्थित हुने इच्छा व्यक्त गरेको भन्दै गिरफ्तारीका लागि अनुरोध गरेको पक्राउ पूर्जी खारेज गरिदिएको थियो । रासस

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ३९ बजे

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह