सरुवा रोगबाट चीनमा एकै महिनामा २८ सयको मृत्यु « Khabarhub

सरुवा रोगबाट चीनमा एकै महिनामा २८ सयको मृत्यु


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो ।

सोही अवधिमा सात लाख १२ हजार ५८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले उच्च खतरनाक ‘क’ वर्गका सरुवा रोगबाट भने कोही पनि प्रभावित नभएको बताएका छन् । चीनमा क वर्गका सरुवा रोगमा हैजा, प्लेगलगायतलाई बुझिन्छ ।

विरामी भएका मध्ये दुई लाख ८९ हजार ६१३ जना ‘ख’ वर्गका रोगबाट प्रभावित भएकाहरु थिए । ‘ख’ वर्गका रोगमध्ये झण्डै ९३ प्रतिशतलाई भाइरल हेपाटाइटीस, क्षयरोग, सिफलिस, गोनोरियालगायतका रोगले सताएको थियो ।

डिसेम्बर महिनामा ‘ग’ वर्गका रोग लागेर १६ जनाको मृत्यु भएको छ । खाना वा मुख सम्बन्धी रोग, इन्फ्लुएन्जालाई यस वर्गमा राखिएको छ । झाडापखाला यस वर्गको मुख्य रोग हो ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  १२ : ४२ बजे

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक