कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने  | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

यही असार १६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यहरू, कोषाध्यक्ष तथा सहमहामन्त्रीहरूले आफ्नो धारणा राखिसकेका छन् ।

बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

सोमबारको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले धारणा राख्ने छन् ।

बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेसँगै आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ। तर सभापतिका निकटतम् प्रतिस्पर्धी एक जना पनि केन्द्रीय कार्यसमिति रहने प्रावधान अनुसार केन्द्रीय समिति १६८ सदस्यीय छ ।

बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तीन, आमन्त्रित सात प्रदेशका पार्टी सभापति, केन्द्रीय सदस्य नभएका आमन्त्रित गरिएका चार मन्त्रीहरू रामनाथ अधिकारी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र राज्यमन्त्री खमबहादुर गर्बुजाले पनि धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : २१ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ