नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल « Khabarhub

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने जोखिम क्षेत्रमा संरक्षणका लागि ग्याबिन पर्खाल निर्माण गरिएको छ । व्यास नगरपालिका–११ र १२ को छबिसेको बाँधदेखि बुल्दीखोला किनारसम्म डेढ किलोमिटर दूरीमा पर्खाल निर्माण गरेको हो । 

उक्त स्थानमा पर्खाल निर्माण गर्दा डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए ।

उनले भने, ‘नदी कटानका उच्च जोखिम भएका क्षेत्रमा वाल निर्माण कार्यले छवटा सिँचाइ योजनाका बाँध संरक्षण र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।’

करिब २० मिटर नदीको भाग छाडेर ग्याबिन पर्खाल निर्माण गरिएको छ, जसले खेतीयोग्य जमिन संरक्षणमा सहयोग मिलेको छ ।

‘गत वर्ष असार महिनामा सम्झौता भएको र वर्षायामका कारण निर्माण कार्य अघि बढाउन सकिएको थिएन,’ उनले भने, ‘चालु आर्थिक वर्षको मङ्सिर महिनाबाट काम सुरू गरी निर्माण कार्य सम्पन्न गरिएको छ ।’ 

पर्खाल निर्माणको जिम्मा मनकामना गुरुङ निर्माण सेवाले पाएको छ । उक्त निर्माण कम्पनीले एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । 

उनले भने, ‘यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना रहेको छ ।’

कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ योजनामध्ये पाँच योजनाको निर्माण सम्पन्न भइसकेको छ, सालबसालीका योजना बजेटअनुरूप सबै सम्पन्न गरिनेछ बताए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ५९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक