बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ « Khabarhub

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असार महिना बित्नै लाग्दा अहिलेसम्म बागमती प्रदेशमा सो परिमाणमा खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो । 

बागमती प्रदेश कृषि निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालका अनुसार यसवर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो छ । प्रदेशको कूल पाँच लाख ३४ हजार आठ सय ७१ दशमलव ६० हेक्टर जग्गामध्ये एक लाख २० हजार ६ सय १० दशमलव २५ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । 

हालसम्म २४ हजार सात सय ४२ दशमलव ७८ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको सूचना अधिकारी दाहालले बताए। अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी दोलखा र भक्तपुरमा ६५ प्रतिशत र सबैभन्दा कम धादिङमा ५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असारको दोस्रो सातायता प्रर्याप्त वर्षा नहँुदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेका छन् । 

काठमाडौँमा ६० प्रतिशत, ललितपुरमा ५५ प्रतिशत, रसुवामा २८ दशमलव ८३ प्रतिशत, सिन्धुपाल्चोकमा २७ दशमलव ८ प्रतिशत, रामेछापमा २२ प्रतिशत, नुवाकोटमा १८ दशमलव २१ प्रतिशत, सिन्धुलीमा ९ दशमलव ६६ प्रतिशत, चितवनमा ८ दशमलव ८ प्रतिशत र मकवानपुरमा ७ दशमलव ९९ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको सूचना अधिकारी दाहालले बताए। 

काठमाडौँमा २१ हजार दुई सय हेक्टर खेतीयोग्य जग्गामध्ये पाँच हजार नौ सय २६ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै ललितपुरमा कूल १५ हजार दुई सय ९६ हेक्टरमध्ये चार हजार एक सय ६३ हेक्टरमा तथा भक्तपुरमा कूल आठ हजार ७७ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार छ सय ९९ हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।

त्यस्तै चितवनमा कूल ४८ हजार ६ सय ९४ हेक्टरमध्ये २७ हजार दुई सय सात दशमलव २५ हेक्टरमा, मकवानपुरमा ४१ हजार तीन सय ३८ हेक्टर खेतीयोग्य जग्गा रहोकामा सात हजार ६७ हेक्टरमा, नुवाकोटमा ३२ हजार सात सय ३५ हेक्टरमध्ये १६ हजार चार सय ९८ हेक्टरमा, रसुवामा १३ हजार सात सय ७८ दशमलव ६ हेक्टरमध्ये दुई हजार सात ८१ हेक्टरमा र धादिङमा ४८ हजार एक सय ३६ हेक्टरमध्ये ११ हजार एक सय ५९ हेक्टरमा धान रोपाइँ धान खेती हुने गरेको सूचना अधिकारी दाहालले जानकारी दिए ।  

यसैगरी सिन्धुलीमा ६२ हजार सात सय १३ हेक्टरमध्ये १३ हजार चार सय ४५ हेक्टरमा, रामेछापमा कूल ५० हजार नौ सय आठ हेक्टरमध्ये सात हजार आठ सय ५९ हेक्टरमा, दोलखामा कूल ५६ हजार ६ सय ८३ हेक्टरमध्ये दुई हजार आठ सय १४ हेक्टरमा, काभ्रेपलाञ्चोकमा कूल ६१ हजार पाँच सय ९४ हेक्टरमध्ये १० हजार दुई सय १० हेक्टरमा र सिन्धुपाल्चोकमा कूल ७३ हजार सात १० हेक्टरमध्ये आठ हजार सात सय ८२ हेक्टरमा धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : ०५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई