फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल « Khabarhub

फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । उनको डेब्यू लेखन र निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने भएको हो ।

विल्सनले सोमबार फिल्म निर्माणको घोषणा गरेका हुन् । उनका अनुसार फिल्मको शीर्ष नायकमा धिरज मगर फाइनल भएका छन् ।

फिल्ममा अन्य कलाकार चयनको काम भने बाँकी रहेको उनले बताएका छन् । ‘मैझारो’ उनकै ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बन्ने बताइएको छ ।

यो पनि : फागुन १ बन्यो प्राइम डेट : चार फिल्मको रिलिज-डेट सेट

फिल्मको छायाङ्कन इलाम र पाँचथरका विभिन्न स्थानमा गर्ने योजनामा रहेको विल्सनले बताएका छन् । पूर्वी पहाडको जीवनशैलीमा आधारितक कथामा यो फिल्म बन्ने उनले बताए ।

विल्सन टेलिसिरियल ‘मेरी बास्सै’ बाट चर्चामा आएका कलाकार हुन् । उक्त सिरियलमा उनले ‘तम्के बूढा’ को भूमिका निर्वाह गर्थे । त्यहीबाट उनी चर्चामा आएका हुन् ।

विल्सन ठूलो पर्दाको सहायक भूमिकामा पनि रुचाइएका कलाकार हुन् । उनले दर्जनौं फिल्ममा सहायक भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०१ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर