निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना « Khabarhub

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट सुरक्षा स्थापना गरेको छ ।

भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार नेपाल–भारत सीमास्तम्भ २७ र २८ को बीचमा गत जेठको पहिलो साता पोष्ट स्थापना गरिएको हो । 

‘अतिक्रमित क्षेत्रमा नयाँ सुरक्षा पोष्ट स्थापना गरेर निकुञ्ज कार्यालय र सेनाको टोली त्यहाँ बस्न सुरु गरेको छ’, उनले भने, ‘उक्त पोष्टबाट हाल सुरक्षा गस्ती भइरहेको छ ।’

उनले उक्त क्षेत्रमा डुबान हुने भएकाले बर्सातको समयमा समस्या हुनसक्ने बताए । सीमास्तम्भ २७ र २८ को बीचको सहायक सीमास्तम्भ हराएका कारण सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको हो । 

उक्त क्षेत्रमा करिब नौ सय बिघा जमिन अतिक्रमण भएको निकुञ्जको अनुमान छ । बर्खामा निकुञ्जमा डुबानसँगै बाटो र पुलको समस्याले सबै ठाउँमा गस्ती गर्न कठिन हुने उनले बताए।  

हाल निकुञ्जको सुरक्षामा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका पन्ध्र वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट निकुञ्ज क्षेत्रमा सुरक्षामा सेना खटिएको छ ।  
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : २३ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको