बागमती प्रदेशसभाबाट बजेट पारित « Khabarhub

बागमती प्रदेशसभाबाट बजेट पारित


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट बहुमतले पारित भएको छ । 

आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र ‘विनियोजन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो । 

बैठकले प्रदेश सरकारको बजेटको पूरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले संसद्मा पेस गरेको प्रदेश सरकारको आव २०८२-०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णयार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका सांसदहरुले हुन्छ भनेका थिए भने प्रतिपक्षका सांसदहरूले हुन्न भनेका थिए ।

हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी सांसद रहेकाले सभामुख पाठकले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

बैठकमा प्रदेशसभाका प्रदेशसभा सदस्यहरू देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाईँ, सुष्पा भुजेल, उर्मिलाकुमारी लामा र सिर्जना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए । 

त्यसअघि प्रदेशसभामा सरकारको बजेटमाथि सांसदहरूले आइतबार र आज धारणा रमखेका थिए भने विभागीय मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । बागमती सरकारको आगामी आव २०८२-०८३ को लागि ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट प्रस्ताव गरेको छ । 
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ८ : ०६ बजे

एम्बुलेन्सबाट गाँजा बरामद, दुईजना भारतीय नागरिक पक्राउ

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ

 करिब १ सय ४८ किलो गाँजासहित दुईजना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १ सय ४८ किलोग्राम सहित

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

राज्यकोषबाट दोहोरो सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्दै सरकार

काठमाडौं– राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

कर्णाली– कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ