बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित « Khabarhub

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र ‘विनियोजन विधेयक,२०८१’ बहुमतले पारित गरेको हो ।

बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले संसद्मा पेस गरेको प्रदेश सरकारको आव २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गर्नुभएको थियो । सभामुख पाठकले निर्णायार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका सांसदहरुले हुन्छ भनेका थिए भने प्रतिपक्षका सांसदहरूले हुन्न भनेका थिए ।

हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी सांसद रहेकाले सभामुख पाठकले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

बैठकमा प्रदेशसभाका प्रदेशसभा सदस्यहरु देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिलाकुमारी लामा र सिर्जना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए ।

त्यसअघि प्रदेशसभामा सरकारको बजेटमाथि सांसदहरूले आइतबार र आज धारणा राख्नुएको थियो भने विभागीयमन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो । बागमती सरकारको आगामी आव २०८२/०८३ को लागि रु ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ८ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना