जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क « Khabarhub

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय भन्सार शुल्क पठाउने बताएका कारण लगानीकर्ताहरू सतर्क रहँदा टोकियोको सेयर बजार सोमबार ओरालो लागेको छ ।

जापानको मुख्य सेयर सूचकांक सोमबार दुई सय २३ दशमलव २० अङ्कले घटेर ३९ हजार पाँच सय ८७ दशमलव ६८ मा बन्द भएको छ । यो अघिल्लो शुक्रबारको तुलनामा करिब ०.५६ प्रतिशतको गिरावट हो ।

त्यस्तै, अर्को महत्त्वपूर्ण सूचक ‘टोपिक्स’ पनि १६ दशमलव २३ अंकले घटेर दुई हजार आठ सय ११ दशमलव ७२ मा पुगेको छ, जुन ०.५७ प्रतिशतको गिरावट हो ।

बजारमा लगानीकर्ताहरूले सक्रिय रूपमा कारोबार गर्न नचाहेको देखिएको छ, किनभने ट्रम्पले पठाउने भनिएको भन्सार शुल्कको पत्र जापानलाई पनि लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अनिश्चितता रहेको छ । अहिले चलिरहेको आपसी भन्सार सहमतिको अवधि जुलाई ९ मा सकिँदैछ, जसले थप अन्योलता सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार झन्डै १२ देशलाई पठाइने पत्रहरूमा अमेरिका आयात हुने वस्तुहरूमा लाग्ने नयाँ भन्सार शुल्क उल्लेख गरिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ३२ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण