३६७ रनमा अविजित अफ्रिकी कप्तान मल्डरले लाराको सम्मानमा छाडे कीर्तिमान ! « Khabarhub

३६७ रनमा अविजित अफ्रिकी कप्तान मल्डरले लाराको सम्मानमा छाडे कीर्तिमान !


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बाबे विरुद्धको दोस्रो टेस्टमा दक्षिणी अफ्रिकी कप्तान वियान मल्डरले आश्चर्यजनक निर्णय गरेका छन्। सोमबार दोस्रो दिन मल्डरले पारी समाप्तिको घोषणा गर्दा दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा ६२६ रन जोडेको थियो। कप्तान मल्डर ३६७ रनमा अविजित रहे। टेस्टमा एकै पारीमा सबै भन्दा धेरै रन बनाउने कीर्तिमान ब्रायन लाराको नाममा छ। २१ वर्ष अघि उनले इङ्गल्यान्डको विरुद्धमा सो सफलता पाएका थिए।

तेम्भा बभुमा र केशव महाराजलाई आराम दिइएपछि मल्डरले टोलीको नेतृत्व गर्ने मौका पाएका थिए। उनले पारी समाप्ति घोषणाको दुई कारण बताएका छन्। पहिलो कारण उनले टोलीका लागि आवश्यक रन जम्मा भइसकेको बताए। दोस्रो कारणमा उनले सो कीर्तिमान ब्रायन लाराकै लागि लायक भएको बताएका छन्।

‘ब्रायन लारा क्रिकेटका लिजेन्ड हुन्। उनकै लागि त्यो कीर्तिमान सुहाउँछ,’ मल्डरले भने। मल्डरको सो रन टेस्ट क्रिकेटको एउटै पारीमा बनेको पाँचौँ ठुलो स्कोर हो।

सन् १९९४ मा लाराले इङ्गल्यान्ड विरुद्धमा ३७५ रनको कीर्तिमान कायम गरेका थिए। सन् २००३ मा अस्ट्रेलियाका म्याथ्यु हेडनले जिम्बाबेविरुद्ध ३८० रन प्रहार गर्दै लाराको कीर्तिमान भङ्ग गरेका थिए। सन् २००४ मा लाराले इङ्गल्यान्डविरुद्धमा अविजित ४०० रन प्रहार गरेका थिए।

यसैगरी श्रीलङ्काका महेला जय बर्धनेले सन् २००६ मा दक्षिण अफ्रिकाको विरुद्धमा ३७४ रन प्रहार गरेका थिए।

मल्डर तेहेरो शतक प्रहार गर्ने दोस्रो दक्षिण अफ्रिकी हुन्। यसअघि सन् २०१२ मा हसिम अमलाले इङ्गल्यान्डविरुद्धमा ३११ रन प्रहार गरेका थिए। मल्डर २९७ बलमा नै तेहेरो शतक प्रहार गर्न सफल भए। यो टेस्टमा दोस्रो छिटो तेहेरो शतक हो। यसअघि वीरेन्द्र सेहबागले सन् २००८ मा दक्षिण अफ्रिकाको विरुद्धमा २७८ बलमा नै तेहेरो शतक पुरा गरेका थिए।

मल्डरको सो तेहेरो शतक इतिहासको ३३ औँ तेहेरो शतक हो। दोस्रो दिनको खेल सकिँदा जिम्बाबे १७० रनमा समेटिएको छ। दोस्रो पारी ब्याटिङ गरेको जिम्बाबेले एक विकेटको क्षतिमा ५१ रन जोडेको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : ४४ बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना