बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने  « Khabarhub

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति भएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराजा महर्जनका अनुसार, बाढीका कारण २०० मेगावाट विद्युत् उत्पादन रोकिएको छ ।

सीईओ महर्जनका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, ६० मेगावाटको त्रिशूली थ्री–ए, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट आयोजना हाल ठप्प छन् । तीमध्ये रसुवागढी र त्रिशूली थ्री–ए मा ठूलो क्षति भएकाले तत्काल सञ्चालनमा ल्याउन नसकिने स्पष्ट गरिएको छ ।

‘पावरका हिसाबले २०० मेगावाट ठूलो होइन,’ महर्जनले भने, ‘तर बाढीले रसुवागढी आयोजनाको बाहिरी संरचना पूर्णरूपमा ध्वस्त बनाएको छ।’ उनका अनुसार भोटेकोसी र त्रिशूली करिडोरका आयोजनाहरूबाट तत्काल विद्युत् उत्पादन गर्न सकिने अवस्था छैन ।

हाल देशभरका अधिकांश जलविद्युत् आयोजना वर्षायामका कारण सञ्चालनमा रहेकाले समग्र विद्युत् आपूर्तिमा ठूलो असर नपर्ने महर्जनले बताएका छन् । तर, प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माण र विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि ठूलो लगानी आवश्यक देखिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ०१ बजे

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको