पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी | Khabarhub Khabarhub

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वालिङ– यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी संकलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।

गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी संकलन गर्न २० लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राविधिक शिवराज थापाले जानकारी दिए ।

‘वर्षौंदेखिको पुरानो माटे पोखरीमा पानी संकलन गरेर खेतीपातीमा कृषकले प्रयोग गर्दै आउनुभएको रहेछ,’ उनले भने, ‘माटे पोखरीमा पानी संकलन गर्दा नअडिने, चुहिएर समस्याबाट सास्ती खेपेका कृषकलाई पोखरी पक्की बनेपछि सहज हुने छ ।’

पोखरी १६ मिटर लम्बाइ, आठ मिटर चौडाइ र डेढ मिटर उचाइको छ । पोखरीमा दुई लाख २५ हजार लिटर पानी संकलन गर्न सकिन्छ । कृषकलाई पानी आवश्यक हुँदा खोल्नका लागि ‘गेटबल’ र दुईवटा शाखा कुलो निर्माण गरिएको छ । पोखरीसँगै खेतमा पानी पु(याउन ६० मिटर कुलो पक्की बनाइएको छ ।

कटौंजे सिँचाइ तथा पोखरी व्यवस्थापन उपभोक्ता समितिमार्फत बाउबाजेले निर्माण गरेको पुरानो माटे पोखरीलाई पक्की बनाइ व्यवस्थित गरिएको उपभोक्ता समितिका अध्यक्ष बालप्रसाद डुम्रेले बताए। उनले भने, ‘अब पोखरीमा संकलन गरिएको पानी चुहिएर खेर जाने समस्या हुँदैन, खेतीपातीमा पानी लगाउन सहज हुने छ ।’

एक हजार १५० मिटर टाढाको ठूलो खोलामा बाँध बाँधेर पाइपमार्फत पोखरीमा पानी ल्याइएको छ । खोलाबाट पोखरीसम्म पानी ल्याउन वालिङ नगरपालिकाले पटक पटक गरी रु ११ लाख सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष डुम्रेले बताए ।

पोखरीमा संकलित पानीले ३५० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिने भएको हो । वर्षौँदेखि सिँचाइ अभावमा खेतीपाती गर्दै आएका कृषक सिँचाइ पोखरी निर्माण भएसँगै हर्षित बनेका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ०१ बजे

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले

मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता

सुर्खेत- ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश

अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा