निजामती सेवा विधेयक : त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक सुरु « Khabarhub

निजामती सेवा विधेयक : त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक सुरु


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ को पहिलो बैठक सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेको उपस्थितिमा गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ को पहिलो बैठक सुरु भएको हो । 

प्रतिनिधिसभाले सोमबार नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा सात सदस्यीय गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ गठन गरेको थियो । 

समितिमा नेपाली कांग्रेसका तर्फबाट सांसदहरू सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद गणेश पराजुली र राप्रपाबाट सांसद रोशन कार्कीको समितिमा प्रतिनिधित्व छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : १८ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो