प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित « Khabarhub

प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक पूर्वनिर्धारित अन्य कार्यक्रमहरू स्थगित गरेका छन् । 

उनले विपद्जन्य स्थितिका कारण मंगलबारका लागि तय भएका अत्यावश्यकबाहेकका अन्य कार्यक्रमहरू स्थगित गरेका हुन् ।
 
यसअघि प्रधानमन्त्री ओली मंगलबार दिउँसो १ बजे नेकपा (एमाले) केन्द्रीय कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आयोजित ‘रैथाने बीउ तथा पशु नश्ल संरक्षण, विकास र प्रवर्द्धन : आत्मनिर्भर कृषि र राष्ट्रिय स्वाभिमानको आधार’ विषयक राष्ट्रिय नीति संवाद कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो ।

यस्तै मंगलबार बेलुकी ५ बजे उनी नेपाल उद्योग परिसङ्घको २२ औँ साधारणसभामा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको थियो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ४० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म