विपत्‌को घडीमा सबै एकजुट भएर उभिनुपर्छ : अमरेशकुमार सिंह « Khabarhub

विपत्‌को घडीमा सबै एकजुट भएर उभिनुपर्छ : अमरेशकुमार सिंह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विपत्‌को घडीमा पक्ष-विपक्ष नभनेर सबै एक ठाउँमा उभिएर राहत र उद्धार कार्यमा जुट्नु पर्ने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले रसुवामा आएको बाढीले पुर्‍याएको ‘ यस्तो विपत्‌को घडीमा हामी पक्ष-विपक्ष एक ठाउँमा उभिएर राहत कार्यमा जुट्नु पर्छ, उद्धार कार्यमा जुट्नुपर्छ,’ सांसद सिंहले भने । 

उनले सरकारलाई अविलम्ब बाढीपीडितको उद्धार र राहत कार्य एकसाथ अघि बढाउन पनि आग्रह गरे । 

‘सरकारले अविलम्ब राहत र उद्धार सँगसँगै लग्नु पर्छ,’ सिंहले भने, ‘कहिले उद्धारमा लाग्छ तर राहतमा पछि पर्छ । दुइटै सँगसँगै जानु पर्छ ।’

उनले सरकारले दैनिक रुपमा गर्दै आएका कामहरू छाडेर प्राकृतिक विपत्‌को सामना गर्नुपर्ने र आगामी दिनमा क्षति नहुन दिन सजगता अपनाउनुपर्नेमा पनि जोड दिए ।  

‘अरु दैनिक काम गर्नुभन्दा यस्तो प्राकृतिक विपत्तिमा सरकारको काम सम्बन्धित ठाउँमा हुनुपर्छ । सुरक्षा निकायका ध्यान सम्बन्धित ठाउँमा हुनुपर्छ,’ सांसद सिंहले भने, ‘आगामी दिनमा यस्तो क्षति नहोस् भन्नका लागि सरकारले सजगता अपनाउनुपर्छ ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ०५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले