विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम « Khabarhub

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले कार्यभार सम्हालेको सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।

मंगलबार उनले प्राधिकरणमा पत्रकार पत्रकार सम्मेलन गरेर सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका हुन् ।  २०८१ चैत ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

शाक्यले पद बहालीपछि नेपाल विद्युत् प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्ग चित्र देखाउने गरी श्वेतपत्र पत्र जारी गरेका थिए । 

उनले ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाको लागि केही कार्यहरू अघि बढाएको जानकारी दिए । उनले ऊर्जा सुरक्षा विश्वसनीय विद्युत्, नवीनतम उपायहरूबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्याङ्क मानवस्रोत व्यवस्थापन, ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाको लागि निम्न कार्यहरू अगाडी बढाइएको बताए । 

‘कुलेखानी सिस्नेरी १०० मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको छ ।’ उनले भने, ‘हुलिङटार-दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरिएको छ ।’

उत्तरगंगा जलविद्युत आयोजना र अपर अरुण जलविद्युत आयोजनाको लाइसेन्स प्रक्रिया अगाडी बढाइएको शाक्यको भनाइ छ ।

औद्योगिक क्षेत्रमा विद्युत् खपत वृद्धि र विश्वासको वातावरण निर्माणको प्रयास थालनी गरेको पनि उल्लेख गरे । ‘उच्चतम विद्युत् खपत र नियमित महसुल भुक्तानीका आधारमा केन्द्रीय स्तरमा १० सर्वाधिक महत्त्वपूर्ण उपभोक्ता र प्रादेशिक स्तरमा प्रत्येक प्रदेशका १० अत्यन्त महत्त्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरी कोशी तथा मधेस प्रदेशका त्यस्ता ग्राहकहरूलाई सम्मान गरिएको छ,’ उनले भने । 

डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् महसुल सम्बन्धी विवाद लामो समयको अन्यौलपछि समाधानको बाटोमा रहेको बताउँदै उनले भने, ‘त्यसका लागि संचालक समितिबाट पुनरावलोकनको म्याद सहित पुनरावलोकन धरौटी रकममा संशोधन, पुनरावलोकन समितिको अध्यक्ष नियुक्ति लगायतको नीतिगत निर्णय गरिएको र सोही अनुसार सार्वजनिक सूचना जारी गरिएको छ । 

जस अनुसार पुनरावलोकनको लागि ४६ निवेदन प्राप्त भएको र हाल पुनरावलोकन कमिटीले पुनरावलोकन सम्बन्धी कार्य गरिरहेको पनि जानकारी दिए  । ‘निश्चित अवधि भित्र यो मुद्दा समाधान हुने देखिन्छ,’ उनले भने ।

उनका अन्य कामहरु

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ३३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक