घटस्थापनामा गण्डकी प्रदेश सरकारले दियो बिदा « Khabarhub

घटस्थापनामा गण्डकी प्रदेश सरकारले दियो बिदा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- हिन्दु नेपालीको महान चाड दशैंको पहिलो दिन घटस्थापनामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको बिहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यसअघि घटस्थापनाको दिनमा दिइँदै आएको बिदा संघीय सरकारले काटेको थियो । यसअघि क्षेत्री समाज नेपालसहितका संघसंस्थाहरुले दशैँ शुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रदेश सरकारले केन्द्र सरकारले प्रदान गरेको ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकारमा टेकेर यो बिदा घोषणा गरेको हो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : १५ बजे

नेता माधव नेपालसँग नाम मिल्दाको संयोग र सकस !

पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ६४१ सवारीचालक चालकलाई

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला– खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा