घटस्थापनामा गण्डकी प्रदेश सरकारले दियो बिदा | Khabarhub Khabarhub

घटस्थापनामा गण्डकी प्रदेश सरकारले दियो बिदा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- हिन्दु नेपालीको महान चाड दशैंको पहिलो दिन घटस्थापनामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको बिहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यसअघि घटस्थापनाको दिनमा दिइँदै आएको बिदा संघीय सरकारले काटेको थियो । यसअघि क्षेत्री समाज नेपालसहितका संघसंस्थाहरुले दशैँ शुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रदेश सरकारले केन्द्र सरकारले प्रदान गरेको ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकारमा टेकेर यो बिदा घोषणा गरेको हो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : १५ बजे

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व