निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने | Khabarhub Khabarhub

निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित मापदण्डका आधारमा गरिने भएकाले आशंका नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले राखेको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले निश्चित मापदण्डका आधारमा सक्षम र योग्य व्यक्तिलाई खेलाडी प्रशिक्षकमा नियुक्त गरिने गरिएको बताए।

कर्णाली प्रदेशमा पूर्वाधार निर्माण सम्पन्न नभएकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न नसकिएको दोहोर्‍याए। 

भौतिक पूर्वाधार निर्माणलाई गति दिएर आगामी आर्थिक वर्षमा सो प्रतियोगिता सम्पन्न गरिने र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको उल्लेख गरे। सरकारले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ खेलकुद गतिविधि अगाडि बढाइरहेको उनको कथन छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार हाल ६६० जना विभिन्न खेलका प्रशिक्षकको दरबन्दी भए पनि ५० प्रतिशत मात्रै कार्यरत रहेको उनले बताए। विद्यालयमा उपयुक्त खेलमैदान स्थापना गरेर खेलजन्य गतिविधि अगाडि बढाउन सरकारले आवश्यक काम गरिरहेको मन्त्री चौधरीको भनाइ छ । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ४४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं