भोटेकोशीको बाढीमा मृत्यु भएका सात जनाको शव भेटियो « Khabarhub

भोटेकोशीको बाढीमा मृत्यु भएका सात जनाको शव भेटियो


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएका सात जनाको शव फेला परेको छ । 

नेपाल प्रहरीले दिउँसो ३ बजेसम्मको बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको अवस्था अपडेट गर्दै सात जनाको शव फेला परेको जनाएको छ । 

प्रहरीले फेला परेको शवबारे विस्तृत केही खुलाएको छैन । प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । 

बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँवालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा प्रभावित भएको छ । 

बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीन भएका १२ जना नेपालीमा ३ जना प्रहरी कर्मचारी र ९ जना सर्वसाधारण रहेका छन् ।  

प्रहरी कर्मचारीतर्फ बेपत्ता हुनेमा टिमुरेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । 

सशस्त्र प्रहरीका अनुसार सम्पर्कविहीन चिनियाँ नागरिकमा यु युई, ली हुआकिङ, याङ चुआन, यु हाई हाङ, यु सियाओ क्यु र जोउ योङ रहेका छन्।

नेपाली नागरिकमा जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ सम्पर्कविहीन छन् । 

उनीहरु सबै मजदुर हुन् । अहिले बाढी प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल प्रहरीले बाढी प्रभावितको उद्धारका लागि १२० जना प्रहरी परिचालन गरेको छ । प्रहरीका अनुसार दुई जना सुरक्षाकर्मी र सात जना सर्वसाधारणको उद्धार भइसकेको छ । 
बाढीबाट नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यस्तै रसुवाको भन्सार कार्यालयको यार्ड, रसुवागढी हाइड्रो पावरको ड्याम र ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । 

बाढीले अन्दाजी ८ वटा ईभी गाडीहरू पनि बगाएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : २५ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका