एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ « Khabarhub

एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध हुण्डी कारोबार र क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय नागरिकहरु रमेशकुमार गुप्ता र विपिन कुमारलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरोले जनाएको छ ।

गुप्ताले संचालन गरेको राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्राको कारोबार भइरहेको प्रहरीको भनाइ छ ।

सोमबार ललितपुरको सानेपास्थित कालोपुलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डीसम्बन्धि कारोबार गर्न नहुने कसूर र वन्यजन्तु सम्बन्धी कसूरमा मुद्दा चलाइने छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : २५ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने