सभामुखको विश्वास- ‘कुलिङ पिरियड’माथिको छानबिन समयमै सकिने छ  « Khabarhub

सभामुखको विश्वास- ‘कुलिङ पिरियड’माथिको छानबिन समयमै सकिने छ 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिले तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।  

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको पहिलो बैठकमा उपस्थित भइ सभामुख घिमिरेले क्षेत्राधिकारभित्र रहेर समयअवधिभित्रै प्रतिवेदन दिने विश्वास व्यक्त गरेको समिति संयोजक जीवन परियारले जानकारी दिए ।

सिंहदरबारभित्रै समितिको सचिवालय रहने र समितिले दिएको क्षेत्राधिकारमा रहेर जिम्मेवारी पुरा गर्न काम सुरु गरिसकेको उनले बताए ।

सचिवालयका लागि संसद् सचिवालयबाट सचिव, उपसचिव र कर्मचारीको व्यवस्थापन भएको उनले जानकारी दिए । संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सोमबार प्रतिनिधिसभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ०१ बजे

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग