केन्यामा सरकार विरोधी प्रदर्शन, ११ जनाको मृत्यु « Khabarhub

केन्यामा सरकार विरोधी प्रदर्शन, ११ जनाको मृत्यु


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस्तै पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार (स्थानीय समय) देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै जनाएको छ ।

सिएनएनका अनुसार, सुरक्षा बलले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रु ग्याँस र पानी तोप प्रयोग गरेका थिए । मुख्यतया युवा केन्यालीहरूले भ्रष्टाचारको आरोप, पुलिसको क्रूरता र सन् १९९० को सबा सबा प्रजातन्त्र समर्थक आन्दोलनको ३५औँ वार्षिकोत्सवमा सरकारका आलोचकहरूलाई लक्षित गरी जबरजस्ती बेपत्ता भएको रिपोर्टमा आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन् ।

किस्वाहिलीमा ‘सबा सबा’ शब्दको अर्थ ‘सात सात’ हो, जसले सन् १९९० जुलाई ७ मा विरोध प्रदर्शन भएको मितिलाई जनाउँछ । प्रदर्शनका क्रममा ११ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसिएचआर) ले यो सङ्ख्या २९ राखेको छ भने कुल पाँच सय ६७ जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

यसलाई बढ्दो संकको बीचमा कर बढाउने विवादास्पद वित्त विधेयक पेस भएपछि गत वर्ष देखि सुरु भएको अशान्तिको लहरको हिस्सा भएको जनाइएको छ ।  

यद्यपि सरकारले सन् २०२४ जुनमा जनताको दबाबका कारण विधेयक खारेज गरे पनि विशेष गरी प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु र प्रहरीको गोली लागि निहत्था सडक विक्रेताको मृत्यु भएपछि छ सार्वजनिक आक्रोश बढ्दै गएको छ ।

गत महिना यस्तै विरोध प्रदर्शनमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए । सन् २०२४ को सुरुदेखि कर विरोधी प्रदर्शनमा दर्जनौँको मृत्यु भएको छ ।

सन् १९९० जुलाई ७ सबा सबा विरोधको सम्झनामा सोमबार केन्याका धेरै क्षेत्रमा प्रदर्शनहरू भए र ठूलो भीड जम्मा भयो । सिएनएनका अनुसार नैरोबीमा सुरक्षा बलहरूको संसद् र राष्ट्रपतिको निवाससहित प्रमुख सरकारी भवनहरू नजिकै प्रदर्शनकारीहरूसँग झडप भयो ।

सोमबार राति जारी गरिएको एक विज्ञप्तिमा केन्याको राष्ट्रिय प्रहरी सेवाले हिंसा र दुर्व्यवहारका सबै रिपोर्ट गरिएका घटनाहरूको कानूनी प्रक्रियाअनुसार अनुसन्धान गरिने घोषणा गरेको छ ।

केन्याली मानव अधिकार आयोगका कार्यालयहरूमा कथित रूपमा राज्य समर्थित कार्यकर्ताहरूले आइतबार छापा मारेपछि सरकारी कारबाही भएको हो । सबा सबा वार्षिकोत्सव अघि प्रदर्शनकारीहरूको मनमानी गिरफ्तारी, बेपत्ता र हत्याको अन्त्यको माग गर्दै आमाहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रमणकारीहरूले बाधा पुर्‍याएको सिएनएनले जनाएको छ ।

केन्याका गृहमन्त्री किपचुम्बा मुर्कोमेनले पहिले अपराधीहरूलाई शान्तिपूर्ण मार्चहरूमा घुसपैठ गर्न र अशान्ति निम्त्याउनबाट रोक्न सुरक्षा एजेन्सीहरू उच्च सतर्क रहेको बताएका थिए । 

उनले यसअघि गत महिनाको विरोध प्रदर्शनलाई ‘असहमतिको भेषमा आतंकवाद’ भनेपछि सार्वजनिक आक्रोशलाई थप बढावा दिएको सिएनएनले जनाएको छ । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक