प्रदेश मन्त्रीको आग्रह– पर्यटकलाई भगवान मानेर सत्कार गर्नुहोस् | Khabarhub Khabarhub

प्रदेश मन्त्रीको आग्रह– पर्यटकलाई भगवान मानेर सत्कार गर्नुहोस्


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकरभिट्टा– प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पर्यटकलाई भगवान मानेर सत्कार गर्न झापाका व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा प्रदेश नं १ को पर्यटन कार्यालयले झापाको काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई मन्त्री कुसियतले पर्यटकहरुलाई भगवानको रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताए ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय विकास प्रति जागरण आउनुपर्ने उनको धारणा थियो ।

४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर शुक्रबार पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गर्ने पहिलो पर्यटक ब्राजिलका गिल्हेम टग्नोजलाई नेपाली ढाकाटोपी पहिर्‍याएर सम्मान गरिएको थियो ।

उनलाई काँकडभिट्टाको पूर्वी ढोकाबाट पर्यटन कार्यालयसम्म नौमतीबाजा बजाएर स्वागत गर्दै ल्याइएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ५० बजे

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने