सरोजले सके ‘कोशेढुङ्गाको छायाङ्कन’ « Khabarhub

सरोजले सके ‘कोशेढुङ्गाको छायाङ्कन’


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यापारिक रुपमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको अर्को फिल्म ‘कोशेढुङ्गा’को छायाङ्कन पूरा भएको छ ।

५१ दिन लगाएर सोमबार निर्देशक पौडेलको टिमले छायाङ्कन पूरा गरेको हो ।

स्याङ्जाको विभिन्न स्थान र ललितपुरस्थित च्यासलमा एक सेट निर्माण गरेर फिल्मको छायाङ्कन गरिएको निर्देशक पौडेलले बताए ।

यो पटक पनि दर्शकले मन पराउने सामाग्री पस्कनेमा निर्देशक पौडेल ढुक्क छन् ।

उनी भन्छन्, ‘अपेक्षाअनुसार नै छायाङ्कन भएको छ । यसले राम्रो आउटपुट आउनेमा म ढुक्क छु ।’

निर्माण पक्षले यस फिल्मको प्रदर्शन मिति भदौ १२ लाई तोकेको छ । नेपालसहित ४० देशमा उक्त मितिमै फिल्म प्रदर्शनमा आउने निर्माण पक्षको दाबी छ ।

फिल्ममा नायक आर्यन सिग्देल, नायिकाहरु सुरक्षा पन्त र ऋचा शर्मा शीर्ष भूमिकमा रहेको बताइएको छ ।

यस फिल्मका लेखक पनि निर्देशक पौडेल आफैँ हुन् । नरदेवी फिल्मसको प्रस्तुतिमा बन्ने यस फिल्मको निर्माता प्रविल कँडेल र किशोर अनुराग हुन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : १६ बजे

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०