‘पारिश्रमिक ६१ लाख’ विवादबीचमै ‘माग्ने राजा’को गीत सार्वजनिक | Khabarhub Khabarhub

‘पारिश्रमिक ६१ लाख’ विवादबीचमै ‘माग्ने राजा’को गीत सार्वजनिक


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माग्ने राजा’को लागि कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक लिएको भन्ने निर्माता मुनाल घिमिरेको झुटो दाबी पुष्टि भएपछि उत्पन्न विवादकै रापतापमा निर्माण पक्षले फिल्मको गीत सार्वजनिक गरेको छ ।

भदौं ६ गते प्रदर्शन मिति तोकिएको यस फिल्मको प्रचार सामाग्रीस्वरुप निर्माण पक्षले मंगलबार ‘त्यो मिठो जोवन’ शीर्षकको गीत युट्युबमार्फत् सार्वजनिक गरेको हो ।

‘डान्सिङ’ गीतमा फिल्मका शीर्ष कलाकार केदार र नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । तीन दर्जनभन्दा बढी कोरस डान्सरलाई नचाएर यस गीतको भिडियो तयार पारिएको छ ।

भिडियोमा वर्षा र केदारको नृत्य देख्न सकिन्छ । केदारले भने नृत्यको प्रयास मात्रै गरेका प्रष्ट देखिन्छ । पृष्ठभूमिमा त्यति धेरै कोरस डान्सर ले साथ दिँदा पनि केदारको नृत्य भने फितलो देखिन्छ ।

केही दृश्यमा भने केदारमाथि कोरस डान्सर हाबी भएको दर्शकले महसुस गर्न सक्ने स्थान देखिन्छ ।

केदारले विभिन्न अन्तर्वार्तामा आफूलाई नाच्न अनाउने स्वीकार गर्दै आएका छन् । फिल्मको शीर्ष नायक भएपछि यहाँ भने केदारलाई नाच्नै पर्ने दबाब सिर्जना भएको देखिन्छ ।

कोरियोग्राफर कविराज गहतराजले केदारको कमसल नृत्य क्षमतालाई महसुस गरेर उनलाई सहज ‘डान्स स्टेप’ दिएको देखिन्छ ।

यस गीतमा गायिका रचना रिमाल र गायक सविन सुबेदीले स्वर दिएका छन् । शब्द दीपक शर्माले लेखेका हुन् ।

केदार पारिश्रमिकबारेको विवादले चर्चामा आइरहेको बेला यो गीत सार्वजनिक भएको हो ।

विवादको रापताममै गीत सार्वजनिक हुँदा फिल्मले थप प्रचार पाउने मनस्थिति निर्माण पक्ष रहेको बुझ्न सकिन्छ । केही साताअघि ‘माग्ने राजा’का लागि केदारले ६१ लाख पारिश्रमिक लिएको निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरेले खुलासा गरेका थिए ।

निर्माता र निर्देशकको उक्त दाबी झुटो भएको केदारले नै बताएका छन् । उनले ६१ लाख पारिश्रमिक फिल्म प्रचारको फन्डा रहेको र त्यसको विपक्षमा आफू रहेको बताएका छन् ।

आफूले ६१ लाख पारिश्रमिक लिएको प्रमाणित गर्ने स्वतन्त्र चुनौती दिएका छन् । उनले भनेका छन्, ‘६१ लाख पारिश्रमिक लिएको प्रमाणित गर्नेलाई ६१ लाख नै दिन्छु ।’

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा नायक आर्यन सिग्देल विशेष भूमिकामा रहेको बताइएको छ । यस फिल्मको लेखक सामिप्यराज तिमल्सेना हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ५९ बजे

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन्

जेन जीको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा 

काठमाडौं– जेन जीको प्रदर्शनमा घाइतेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड

संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली

काठमाडौँ- प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संसद् भवन