‘पारिश्रमिक ६१ लाख’ विवादबीचमै ‘माग्ने राजा’को गीत सार्वजनिक « Khabarhub

‘पारिश्रमिक ६१ लाख’ विवादबीचमै ‘माग्ने राजा’को गीत सार्वजनिक


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माग्ने राजा’को लागि कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक लिएको भन्ने निर्माता मुनाल घिमिरेको झुटो दाबी पुष्टि भएपछि उत्पन्न विवादकै रापतापमा निर्माण पक्षले फिल्मको गीत सार्वजनिक गरेको छ ।

भदौं ६ गते प्रदर्शन मिति तोकिएको यस फिल्मको प्रचार सामाग्रीस्वरुप निर्माण पक्षले मंगलबार ‘त्यो मिठो जोवन’ शीर्षकको गीत युट्युबमार्फत् सार्वजनिक गरेको हो ।

‘डान्सिङ’ गीतमा फिल्मका शीर्ष कलाकार केदार र नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । तीन दर्जनभन्दा बढी कोरस डान्सरलाई नचाएर यस गीतको भिडियो तयार पारिएको छ ।

भिडियोमा वर्षा र केदारको नृत्य देख्न सकिन्छ । केदारले भने नृत्यको प्रयास मात्रै गरेका प्रष्ट देखिन्छ । पृष्ठभूमिमा त्यति धेरै कोरस डान्सर ले साथ दिँदा पनि केदारको नृत्य भने फितलो देखिन्छ ।

केही दृश्यमा भने केदारमाथि कोरस डान्सर हाबी भएको दर्शकले महसुस गर्न सक्ने स्थान देखिन्छ ।

केदारले विभिन्न अन्तर्वार्तामा आफूलाई नाच्न अनाउने स्वीकार गर्दै आएका छन् । फिल्मको शीर्ष नायक भएपछि यहाँ भने केदारलाई नाच्नै पर्ने दबाब सिर्जना भएको देखिन्छ ।

कोरियोग्राफर कविराज गहतराजले केदारको कमसल नृत्य क्षमतालाई महसुस गरेर उनलाई सहज ‘डान्स स्टेप’ दिएको देखिन्छ ।

यस गीतमा गायिका रचना रिमाल र गायक सविन सुबेदीले स्वर दिएका छन् । शब्द दीपक शर्माले लेखेका हुन् ।

केदार पारिश्रमिकबारेको विवादले चर्चामा आइरहेको बेला यो गीत सार्वजनिक भएको हो ।

विवादको रापताममै गीत सार्वजनिक हुँदा फिल्मले थप प्रचार पाउने मनस्थिति निर्माण पक्ष रहेको बुझ्न सकिन्छ । केही साताअघि ‘माग्ने राजा’का लागि केदारले ६१ लाख पारिश्रमिक लिएको निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरेले खुलासा गरेका थिए ।

निर्माता र निर्देशकको उक्त दाबी झुटो भएको केदारले नै बताएका छन् । उनले ६१ लाख पारिश्रमिक फिल्म प्रचारको फन्डा रहेको र त्यसको विपक्षमा आफू रहेको बताएका छन् ।

आफूले ६१ लाख पारिश्रमिक लिएको प्रमाणित गर्ने स्वतन्त्र चुनौती दिएका छन् । उनले भनेका छन्, ‘६१ लाख पारिश्रमिक लिएको प्रमाणित गर्नेलाई ६१ लाख नै दिन्छु ।’

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा नायक आर्यन सिग्देल विशेष भूमिकामा रहेको बताइएको छ । यस फिल्मको लेखक सामिप्यराज तिमल्सेना हुन् ।

गीतको भिडियो :

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ५९ बजे

संकटमा परेका राजपाल यादवलाई सोनू सूदको सहयोग

काठमाडौं– बलिउडका हास्य कलाकार राजपाल यादव हाल चेक बाउन्स मुद्दाका

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमणबारे रमेश खरेल भन्छन् : राज्य कागजमा मात्रै सीमित हुँदाको परिणाम

वीरगञ्ज (पर्सा) – पर्साको वीरगञ्जस्थित आदर्शनगरमा अवैध रूपमा तस्करी गरी

निर्वाचन घोषणा पत्रका लागि एमालेद्वारा सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन घोषणा पत्र

काठमाडौंमा पनि लगाउन थालियो एचपीभी खोप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी)

भारत सरकारप्रति प्रधानमन्त्री कार्कीद्वारा कृतज्ञता ज्ञापन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका