सेख हसिनाले प्रदर्शनमा दमन गर्न आदेश दिएको गोप्य अडियो सार्वजनिक | Khabarhub Khabarhub

सेख हसिनाले प्रदर्शनमा दमन गर्न आदेश दिएको गोप्य अडियो सार्वजनिक


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

ढाका – बगंलादेशमा गत वर्ष तत्कालीन प्रधानमन्त्री सेख हसिना बाजेदले सुरक्षा अधिकारीलाई प्रदर्शनकारीमाथि दमन गर्न आदेश गरेको अडियो फेला परेको छ। अहिले मानवता विरोधी अपराधको मुद्दाको सुनुवाइ चलिरहेको समयमा अभियोजकले यसलाई प्रमाणको रूपमा पेस गर्ने अनुमान गरिएको छ।

अडियोमा हसिनाले घातक हतियार प्रयोग गर्न भनेकी छिन्। हाल भारतमा रहेकी हसिना सरकारको विरुद्धमा गत वर्ष भएको प्रदर्शनमा १४०० जना भन्दा बढीको ज्यान गएको थियो।

गत वर्ष सडकमा हजारौँ जना उपस्थित भएर विरोध प्रदर्शनलाई रोक्न नसकेपछि उनी सत्ता त्यागेर भारत पुगेकी हुन्। उनले निर्देशन गरेको अर्को अधिकारीको नाम भने खुलेको छैन।

अघिल्लो वर्ष आन्दोलन चर्किएपछि ५ अगस्टका दिन प्रदर्शनकारीले उनको घर घेरेका थिए। प्रदर्शनकारी घरमा प्रवेश गनेृ भएपछि उनी भागेर भारत पुगेकी थिइन्। लिक भएको अडियो भने १८ जुलाको भएको जनाइएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ३६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित