प्रधानमन्त्री ओली शनिबार झापा आउने « Khabarhub

प्रधानमन्त्री ओली शनिबार झापा आउने


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार (असार २८ गते) झापा आउने भएका छन् ।

प्रधानमन्त्री ओली आगामी आइतबार र सोमबार इलाम र झापाका विभिन्न कार्यक्रममा  सहभागी हुने एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।

ओलीले इलामको माई नगरपालिकामा जग्गा धनीपुर्जा वितरणसँगै झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ।

आइतबार बुद्धशान्ति गाउँपालिका– ३ मा रहेको भागीरथा न्यौपाने अस्पताल उद्‌घाटन गरेपछि इलामको माई नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटनसँगै जग्गा धनीपूर्जा वितरण गर्ने तयारी छ ।

ओलीले सोही ठाउँमा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बूले जानकारी दिए ।

माई नगरपालिकाबाट फर्किएर त्यसैदिन कन्काई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सोमबार दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वी तर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन, बिर्तामोडको सिटी सेन्टर आयोजित कार्यकर्ता भेलालाई सम्बोधनपछि काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ५९ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार