बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक | Khabarhub Khabarhub

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै बुधबार (असार २५ गते)देखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार उक्त समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ । कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ ।

बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । (रासस)

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ३८ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका