चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन | Khabarhub Khabarhub

चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज (असार २५ गते) अन्तिम दिन रहेको छ । बुधबार राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का हुने छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाकी प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन् ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो । आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुने छन् ।

अघिल्ला वर्षमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्ने गरेकामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यविधिमा भएको बाध्यकारी व्यवस्थाका कारण यस वर्ष परिपत्र नगरिएको अर्यालले बताइन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।

विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि मलेनिकाको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा रहेको प्रवक्ता अर्यालले जानकारी दिइन् ।

चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्म सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारी छ ।

यो अवधिसम्ममा चालु शीर्षकतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ११ : ५२ बजे

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी– मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र