बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले भरपुर फाइदा लिन सक्नुपर्छ– प्रचण्ड | Khabarhub Khabarhub

बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले भरपुर फाइदा लिन सक्नुपर्छ– प्रचण्ड


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले फाइदा लिनसक्नुपर्ने बताएका छन् ।

मंगलबार राजधानीमा शुरु भएको बेल्ट एण्ड रोड इनिसिएटिभ–नेपाल कनेक्टिङ दि वल्र्ड’को उदन्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा बेल्ट एण्ड रोड इनिसिएटिभबाट फाइदा पुग्ने बताएका छन् । कनेक्टिभीटीबाट नेपालले फाइदा लिनुपर्ने र त्यसका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ महत्वपूर्ण पाटो भएको बताए ।

आफू प्रधानमन्त्री भएको बेलमा शान्ति विकास र स्थिरतको लागि चीनले लिएको दूरगामी महत्वको यो योजनामा हस्ताक्षर गर्नुपर्छ र हामीले यसबाट लाभलिन कुनै कसर छोड्न नहुने पक्षमा उभिएको बताए ।

प्रचण्डले यस्तो सम्मेलनले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यन्वयनमा ठूलो भूमिका खेल्ने बताए ।

ठूलो राजनीतिक परिवर्तन, उतारचढावबाट नेपालमा स्थिर सरकार आएको बताउँदै प्रचण्डले सरकारले अव विकासका क्षेत्रमा गति लिने बताए । उनले नेपालमा राजनीतिक स्थिरता, शान्ती रहेकोले लगानीको वातावरण रहेको बताए ।

शान्ति प्रकृयामा नेपालले आफ्नो मौलिकतामा काम गरेको र अन्तिम चरणमा रहेको बताउँदै प्रचण्डले शान्ति र विकास एक अर्कामा समबन्धित रहेको र त्यसका लागि वर्तमान सरकारले वातावरण निर्माण गरिरहेको बताए ।

‘राजनीतिक वातारण र स्थायीत्व कायम गरेका छौं । दुई तिहाइको सरकारले ल्याएको छौं । हाम्रो ध्यान अव आर्थिक विकासमा केन्द्रीत छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १ : ४० बजे

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर