षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा | Khabarhub Khabarhub

षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोवाटो सडक कालोपत्रको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा यो सडक कालोपत्र थालिएको हो । 

 यो सडकको वित्तीय प्रगति ८२ प्रतिशत र भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

‘यो सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको छ’, प्रमुख रेड्डीले भने, ‘हालसम्म करिब ८५ प्रतिशत कालोपत्र सम्पन्न भएको अवस्था छ । यो सडकलाई निर्धारित समयमा सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ 

सम्पूर्ण ढाँचाको काम सम्पन्न भएर कालोपत्रको काम भइरहेको उनको भनाइ छ । कूल २० किलोमिटरमध्ये ११ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको कार्यालयको भनाइ छ । 

यो सडक कालोपत्र भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। सडकलाई निर्धारित समयमा गुणस्तरीय ढङ्गले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।

‘षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोबाटो सडक कालोपत्रको काम तीव्रगतिमा भइरहेको छ’, प्रमुख उदासले भने, ‘यो उत्तरी क्षेत्रको एक महत्वपूर्ण सडक हो । यसलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन नगरले आवश्यक सहयोग गर्दै आएको छ ।’

आस्फाल्ड प्रविधिमा कालेपत्र भइरहेको सडकको गुणस्तरमा विषेश ध्यान दिइएको कार्यालयका इञ्जिनियर प्रशराम शाहले बताए। निर्माण कम्पनीले इञ्जिनियरको प्रत्यक्ष निगरानीमा कालोपत्रको गरिरहेको कार्यालयको भनाइ छ । सामग्रीको ल्याब परीक्षणपछि मात्र  प्रयोगको लागि अनुमति दिइएको इञ्जिनियर शाहको भनाइ छ ।

षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् । यो सडकले उत्तरी क्षेत्रमा पर्ने षडानन्द र साल्पासिलिछो गाउँपालिकाका स्थानीयवासीलाई राहत मिल्ने वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए। सडक कालोपत्र भएपछि आवतजावतसँगै यहाँका कृषिउपजका लागि बजारीकरणसमेत टेवा पुग्ने उनको भनाइ छ । 

यो सडक कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालनमा निर्माण सुरु गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । कोभिडलगायत कारणले काममा बाधा पुगेको कारण काममा केही ढिलाइ भएको उनको भनाइ छ । पछिल्लो समयमा भने कालोपत्रको कामले तीव्रता पाएको उनले बताए।

सडक कालोपत्रको काम लामा, बानियाँ जेभी कम्पनीले गरिरहेको छ । विसं २०७७ मा सम्झौता भएको सडक विसं २०८२  कात्तिक महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ३३ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र